पाल्पा २१, असार ।
पाल्पामा जारी निषेधाज्ञा यही असार ३१ गते सम्म थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यस अघि बन्द रहेका सबै कार्यालयहरु खुल्ने भएका छन । सबै प्रकारका पसलहरु दिउँसो ३ बजेसम्म खुल्ने छन् । जिल्ला भित्र सबै प्रकारका निजी सवारीसाधन सन्चालन हुने छन । सार्वजनिक यातायात भने बन्द रहने छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञालाई निरन्तरता दिदै असार ३१ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ४ सय ७९ रहेको छ । जसमध्ये ४ सय ३३ जना होम आइसोलेसनमा रहेका छन । यस्तै ४७ जना अस्पतालमा उपचाररत रहेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…