थपियो निषेधाज्ञा, सबै कार्यालय र निजि साधन खुल्ला, सार्बजनिक यातायात बन्द रहने

पाल्पा २१, असार ।
पाल्पामा जारी निषेधाज्ञा यही असार ३१ गते सम्म थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यस अघि बन्द रहेका सबै कार्यालयहरु खुल्ने भएका छन । सबै प्रकारका पसलहरु दिउँसो ३ बजेसम्म खुल्ने छन् । जिल्ला भित्र सबै प्रकारका निजी सवारीसाधन सन्चालन हुने छन । सार्वजनिक यातायात भने बन्द रहने छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञालाई निरन्तरता दिदै असार ३१ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।

जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ४ सय ७९ रहेको छ । जसमध्ये ४ सय ३३ जना होम आइसोलेसनमा रहेका छन । यस्तै ४७ जना अस्पतालमा उपचाररत रहेका छन ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago