थपियो निषेधाज्ञा, बैंक तथा बित्तीय संस्थाहरु समेत बन्द

२०७८, २३ बैशाख बिहीबार १८:४३

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत बैशाख १७ गते मध्यराती देखि जारी भएको निषेधाज्ञा जेष्ठ ४ गते सम्म थपिएको छ । पहिलो चरणमा बैशाख २४ गते मध्यराती सम्म जारी भएको निषेधाज्ञा कोभिड – १९ महामारीले तिब्ररूप लिन थालेपछि रोकथामका लागी अवधी थप भएको हो ।

पहिलो चरणमा जारी भएको निषेधाज्ञमा भन्दा केही कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट थप भएको निषेधाज्ञा अवधिमा बिबाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढिमा १५ जना सहभागी हुनुपर्ने छ । औषधि एबम स्वास्थ्य सामाग्रीका पसलहरु २४ घण्टा खुला रहने छन भने दैनिक उपभोग्य सामाग्री, पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्री दैनिक २ घन्टा बिहान ७ देखि ९ बजेसम्म खुल्ने छन । यस्तै स्वास्थ्य, सुरक्षा, सन्चार, विद्युत, खानेपानी, दमकल, सरसफाई सेवा बाहेक सबै सरकारी कार्याल, संघसंस्था, बैक तथा बित्तीय संस्थाहरु निषेधाज्ञा अवधिभर बन्द रहनेछन ।

Comments

ताजा खबर