पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । बुधबार पाल्पामा पिसिआर परीक्षणबाट १ सय ३ र एन्टिजेन परीक्षणमा २० गरी १ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । पिसिआर विधिबाट १ सय ५० जनाको परीक्षण गर्दा १ सय ३ र एन्टिजेन बिधिबाट ७४ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमणको पोजेटिभ नतिजा आएको स्वास्थ्य कार्यालय पाल्पाले जानाएको छ । संक्रमणको यो दर अहिलेसम्मकै उच्च हो । संक्रमण भएकाहरु धेरै ९३ जना तानसेन नगरपालिकाका रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा ७८ जना संक्रमीत निको भएका छन । जिल्लामा ५३ जना कोरोनाका बिरामी अस्पतालमा उपचाररत छन भने ५ सय ८० जना होम आइसोलेसनमा गरी कुल सक्रिय संक्रमीत को संख्या ६ सय ३३ जना रहेका छन ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…