कोभिड-१९ भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने ?

कोरोनाभाइरस महामारीका कारण अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका समाचारहरू आइरहेका छन्।

अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव ‘ठूलै समस्या’का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।

अक्सिजनको आवश्यकता व्यापक रूपमा पर्ने सक्ने कतिपय विज्ञहरूको अनुमानकाबीच मानव शरीरमा अक्सिजनको मात्रा बारे थाहा पाउन आवश्यक महत्त्वपूर्ण पक्षबारे सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीका सुझावलाई हामीले यहाँ समेटेका छौँ।

मानिसको शरीरमा अक्सिजनको तह कति हुनुपर्छ?

कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुने डा. सुवेदी बताउँछन्। अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ।

“त्यसै कारण कोरोनाभाइरस पोजेटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिकाउँछौँ,” उनले भने। सामान्यतया पल्स अक्सिमिटर भन्ने उपकरणले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ।

“तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ। उहाँहरूका लागि सामान्य अङ्कनै ९२-९३ हुन सक्छ। कसैको ९० मात्र पनि हुन सक्छ,” उनले भने।

अरू कुनै स्वास्थ्य समस्या नभएका मान्छेमा कोरोनाभाइरस सङ्क्रमण देखिएको अवस्थामा अक्सिजनको मात्रा घटेर ९२ वा त्यो भन्दा कम भए अस्पताल जान र उपचार गराउन डा. सुवेदी सुझाउँछन्।

अक्सिजनको तह कति बेला हेर्ने?

सामान्यतया कोरोनाभाइरसको लक्षण सुरु भएको करिब एक सातापछि मात्रै अक्सिजनको तह कम हुँदै जाने डा. सुवेदी बताउँछन्।

आफूलाई कहिलेबाट लक्षण सुरु भएको हो भन्ने कुरा थाहा पाएको अवस्थामा हरेक दिन वा छिन छिनमा अक्सिजन नापिरहनु नपर्ने उनको भनाइ छ। “हामी दिनमा दुई-तीन पटक नाप्न सुझाउँछौँ ,” उनले भने।
सामान्य अवस्थामा अक्सिजन ९५-९६ भएको व्यक्तिमा ९३ तिर देखियो वा घट्न थालेको सङ्केत देखियो भने चारदेखि पाँच घण्टामा नाप्नुपर्ने उनको सुझाव छ।

अक्सिजन कम भए अस्पताल जानैपर्छ?

कोरोनाभाइरस महामारी चलिरहेको भएपनि अत्यावश्यक नभएसम्म अस्पताल नजान चिकित्सकहरूले सुझाइरहेका छन्। चाप धेरै भएकाले सामान्य अवस्थाका कोभिड बिरामी समेत घरमै बसिरहेको विवरणहरू आइरहेका छन्। तर अक्सिजनको तह कम हुन लागेको अवस्थामा भने अस्पतालमै जानुपर्ने डा. सुवेदीको सुझाव छ।

“घरमा बसेर अस्पतालमा दिन सकिने निश्चित उपचार दिन मिल्दैन। अर्को कुरा त्यो अवस्थामा पुगेपछि बिरामीलाई निगरानीमा राख्नुपर्छ र अक्सिजनको मात्रा घट्न थाल्यो भने घरमा थोरै अक्सिजन लगाएर मात्रै माथि ल्याउन सकिँदैन। अस्पतालमा एक पटकमा अलि धेरै अक्सिजन दिन मिल्ने व्यवस्थाहरू छन्,” उनले भने।

अक्सिजन घट्न नदिन के गर्ने?
यसको ‘खासै ठूलो’ उपाय केही पनि ‘नभएको’ सुवेदी बताउँछन्। ”सकेसम्म फोक्सो स्वस्थ राख्नुपर्ने हुन्छ। त्यो भनेको पहिले देखिनै तपाईँले तयारी गर्ने हो। चुरोट खाइरहनुभएको छ भने छाड्ने। स्वास्थ्यकर बानीबेहोरा बाहेक अन्य केही उपाय छैन।” कतिपयले प्राणायाम, योगका अभ्यास गर्ने गरेको भए पनि त्यससँग सम्बन्धित तथ्याङ्क आफूलाई थाहा नभएकाले उनी आफू केही भन्न सक्ने स्थितिमा नभएको उनको भनाइ छ। अक्सिजन कम हुन लागेको सङ्केत देखिए सुत्दा घोप्टो पर्नु राम्रो हुने उनको सुझाव छ। “गाह्रो भए कोल्टे पर्ने। सकेसम्म उत्तानो परेर नसुत्ने। त्यो विचार गर्न सकिन्छ। त्यसले फाइदा गर्छ भनेर देखाएको छ। त्यो चाहिँ प्राय अक्सिजन घटिसकेका मान्छेलाई हामी सुझाउँछौँ। अक्सिजन घटेको जस्तो आफूलाई लाग्छ भने त्यस्तो अभ्यास गर्दा हुन्छ,” उनले भने।

खानपानले फरक पार्छ?
कुनै पनि खानाले शरीरमा अक्सिजनको तहलाई कायम गर्न सहयोग गर्छ भन्ने नदेखिएको डा. सुवेदी बताउँछन्। साधारण अवस्थाको आहारविहार नै कायम राख्न उनी सुझाउँछन्। “कोरोनाभाइरस सङ्क्रमण हुँदा पनि गर्ने त्यही नै हो,” उनले भने। “झोल कुरा, पानीको मात्रा बढाउँदा राम्रो हुन्छ। मद्यपान गर्नु हुँदैन।” शरीरलाई विशेष खाना खाँदा अक्सिजन बढिरहन्छ भन्ने कुनै अध्ययनले नदेखाएको उनी बताउँछन् । BBC नेपाली सेेेवाको सहयोगमा ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago