फाइल फोटो
काठमाडौँ, २३। चैत प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गर्नुभयो । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गर्नुभयो ।
यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गर्नुभयो । निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उहाँ निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्ने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…