प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ, २३। चैत प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गर्नुभयो । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गर्नुभयो ।

यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गर्नुभयो । निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उहाँ निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्ने छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago