थमन थापा चैत २३ बागलुङ ।
देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । आसन्न पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (समान्नतर) लगायत १२ सङ्गठनको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । त्यस्तै प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मीडिया नेपाल, जनपत्रकार संगठन लगायत ९ संगठन चुनावी मैदानमा छन् । बागलुङमा भनें नेपाल पत्रकार महासंघको निर्वाचन फरक हुने भएको छ ।
बागलुङमा केन्द्रमा तय भएको गठबन्धन लाई तोडेर पत्रकारका संघ संगठनले विगतको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै २ वटा प्यानल खडा गरेका छन । प्रेस युनियन, प्रेस चौतारी नेपाल (ओली निकट) र प्रगतिशील पत्रकार संघले संयुक्त प्यानल मनोनयन दर्ता गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल, प्रेस चौतारी (नेपाल निकट) ले अर्को प्यानलको मनोनयन दर्ता गरेका छन् । यो पटक बागलुङमा पत्रकार महासंघको निर्वाचन रोचक र प्रतिष्पर्धी हुने देखिएको छ भनें केन्द्रमा तय भएको गठबन्धन बागलुङमा तोडिए पछि केन्द्र, प्रदेश र अन्य जिल्लाहरुमा भनें प्रभाव पार्ने आंकलन गर्न थालिएको छ । यद्यपि सहमतिको लागि प्रयास भने जारी राखिएको पत्रकारका संघ संगठनले बताएका छन । बागलुङमा दुई गठबन्धनले १७ पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनय दर्तामा प्रेस संगठन नेपाल र प्रेस चौतारीको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनबाट नरेश कँडेलले उम्मेदवारी दिएका हुन् ।उपाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा तारानाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा नारायणप्रसाद रिजाल र विमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य अल्पसंख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्णप्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मेदवारी परेको छ ।
२५ चैतमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…