Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र २३ गते सोमबार तदानुसार २०२१ अप्रिल ०५ तारिख, प्रमादी नाम संवत्सर सुर्य उत्तरायण । वसन्त ऋतु, चैत्र कृष्णपक्ष अष्टमी तिथि बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त नवमी पूर्वाषाढा नक्षत्र बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त उत्तराषाढा आनन्दादिमा उत्पात योग धनु रासी मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त मकर रासी आज शीतलाष्टमी । आउनुहोस आराध्यदेव श्रीमहादेवको दर्शनसँगै आजको दिनको शुभारम्भ गरौ ।।
ज्यो. जयराम सापकोटा

मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ,सामान हराउने, चोरी हुने सम्भावना छ त्यसैले साबधान रहनुहोला, बोलीमा विचार गर्नु होला,आजको शुभ अंक-९ रहेको छ ।

बृष: (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ,कुनै पनि जग्गा जमिन सँग सम्बन्धित वा धन सँग सम्बन्धित कामहरु गर्दै हुनुहुन्छ,घरायसी सुख सुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ,आजको शुभ अंक- ११ रहेको छ ।

मिथुन: (का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला, मुद्दा मामलाका कुराहरु आईलाग्नसक्नेछन्,साथीहरुसँगको सम्बन्ध पनि त्यति राम्रो हुने छैन,चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन,श्रममूलक काममा फाइदा लिन सकिने छ,आजको शुभ अंक- १ रहेको छ ।

कर्कट: (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् दिन सामान्य छ, आजको दिन परिवारसँग बिताउँदा नै राम्रो हुनेछ ,आर्थिकमा सफल भइनेछ ,महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ, आजको शुभ अंक- ८ रहेको छ ।

सिहं: (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछ शिक्षासँग सम्बन्धित क्षेत्रमा सफलताको योग छ, साथै सामाजिक क्षेत्रमा पनि मानसम्मानको योग छ, स्वास्थ्य मा क्रमिक रूपमा सुधार हुनेछ, वादविवादमा विजय प्राप्त हुनेछ ,आजको शुभ अंक- १२ रहेको छ ।

कन्या: (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ, राम्रो दिन छ, साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रिसको कारणले असर पुर्याउने सम्भावना छ, आजको शुभ अंक ५ रहेको छ।

तुला: रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्, बिशेषगरी आज हरियो रङ्गको प्रयोग गर्नुभयो भने राम्रो हुनेछ,लामो दूरीको यात्राका लागि अनुकूल समय छ, दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक: (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्,राम्रो दिन छ, साथीभाईसँग मिलेर कुनैपनि काम अघि बढाउदैँ हुनुहुन्छ भने समस्या आउन सक्छ , तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ, आजको शुभ अंक – १० रहेकोछ ।

धनु: (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन ठिकै छ, बन्न लागेका कामहरु रोकिने वा बिग्रने सम्भावना छ, निलो रङको कुनै पनि कपडा दान गर्नु भयो भने तपाईलाई राम्रो हुनेछ ,दिन ढल्दै जाँदा ज्ञान मूलक क्षेत्रमा आकर्षण बढ्ने छ, पठनपाठनमा मन जानेछ , आजको शुभ अंक-६ रहेको छ ।

मकर: (भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, बिशेष गरी आजको दिनमा बिदेशको कामकारोबार गर्दा राम्रो छ, मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादन का लागि समय ठिकै छ,आजको शुभ अंक ७ रहेको छ

कुम्भ: (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,सरकारी क्षेत्रबाट मानसम्मान मिल्ने योग छ,चोटपटक लाग्ने सम्भावना बढ्दो छ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ , आजको शुभ अंक- ५ रहेको छ ।

मीन: (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आत्मसम्मानमा केही आघात पुग्न सक्छ,तपाईको लागी आजको दिन एकदम राम्रो छ,बिभिन्न खालका अवसरहरु आउनसक्ने सम्भावना छ,साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

ईश्वर भाग्य जानन्ती कर्म जानन्ती भाविनी आयुष्य चित्र गुप्तेन रिक्षा जानन्ती ज्योतिष ।
अर्थ: कस्को भाग्य कस्तो छ भन्ने कुरा ईश्वरले मात्र जान्दछन, भविस्यको कर्मको कुरा केवल भावीले मात्र जान्दछन,भने सवै जिवको आयुका वारे चित्रगुप्तालाई मात्र थाहा छ, ज्योतिषले त केवल ग्रहदशाको कुरा मात्र जान्दछन

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago