प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : प्रचण्ड

काठमाडौं, फागुन २१ । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् ।

फाइल फोटो

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।

दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ ।संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान कानूनअनुसार संसदाबाटै समाधान खोज्छौं ।’

त्यो भनेको अविश्वास प्रस्ताव ल्याउने हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अब त्यही बाटो जान उहाँले बाध्य पार्नुभएको छ । हामी त्यही बाटोमा जान्छौं ।’यद्यपि प्रधानमन्त्रीको उम्मेदवारबारे आफूहरु छलफलमै रहको उनले बताए । संसद विघटनविरुद्ध सडकमा गएका दलहरुसँग मुद्दाका आधारमा सहकार्य गर्ने भन्दै अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले भने, ‘सरकार बनाउने प्रक्रियामा पनि सहकार्य हुन्छ । हामी छलफलमा छौं, मलाई लाग्छ एक दुई दिनमै टुंगोमा पुग्छौं ।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago