फाइल फोटो
काठमाडौं, फागुन २१ । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।
दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ ।संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान कानूनअनुसार संसदाबाटै समाधान खोज्छौं ।’
त्यो भनेको अविश्वास प्रस्ताव ल्याउने हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अब त्यही बाटो जान उहाँले बाध्य पार्नुभएको छ । हामी त्यही बाटोमा जान्छौं ।’यद्यपि प्रधानमन्त्रीको उम्मेदवारबारे आफूहरु छलफलमै रहको उनले बताए । संसद विघटनविरुद्ध सडकमा गएका दलहरुसँग मुद्दाका आधारमा सहकार्य गर्ने भन्दै अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले भने, ‘सरकार बनाउने प्रक्रियामा पनि सहकार्य हुन्छ । हामी छलफलमा छौं, मलाई लाग्छ एक दुई दिनमै टुंगोमा पुग्छौं ।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…