मौलाकालिकाको पदमार्गमा आकर्षक मूर्ति निर्माण

नवलपुर, ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् तीन जनासहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन्

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ गैँडाकोट नगरपालिकाकोआयोजनामाआस्थानाम दिएर श्रीपञ्चमीको दिनबाट कार्यशाला सञ्चालन गरिएको थियो नवलपरासी (बर्दघाटसुस्तापूर्व)कोगैँडाकोट नगरपालिका मा पर्ने मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात गैँडाकोट का वडाध्यक्षहरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताउनुभयो

मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा  सहयोग गर्ने बताउनुभयो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएको मूर्तिका कारण मन्दिरकोमहत्व अझै बढ्ने बताउनुभयो

मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको लामाको भनाइ मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो मौलाकाली सामुदायिकवनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताउनुभयो

कार्यशालाका संयोजक कलाकार भीम शर्माले कलाकारको मेहनत, ऊर्जा सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएकोबताउनुभयो मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारले धार्मिक प्राकृतिक मूर्ति कुँदेका छन् कलाकारले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका हुन् कलाकारको मेहनतले निर्माण गरिएकाधार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझै बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरकाअध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago