पाल्पा, २० साउन । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित बनेको छ । साउन २० देखि साउन २९ गते सम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।
कार्यालयका ९ जना कर्मचारीको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । संक्रमण देखिएका मध्ये केही कर्मचारीलाई सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि मंगलबार नौजनाको एन्टिजेन परीक्षण गरिएको थियो। अन्य कर्मचारीलाई समेत कोरोना पोजेटिभ भएको हुन सक्ने र सेवाग्राहीमा संक्रमण फैलन सक्ने जोखिम भएकाले कार्यालयले दिँदै आएको सेवा बन्द गर्नु परेको प्रशासनले जनाएको छ। शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरीबाहेक अन्य सबै सेवा बन्द हुने छ।
पाल्पामा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा रहेकाले अनावश्यक भीडभाड नगर्न पाल्पा प्रशासनले आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…