११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले क्रमशः नयाँ उचाईहरु बनाउँदै जाने अपेक्षा गरिएको छ । ३१ सय अंक आम लगानीकर्ताहरुका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दु पनि हो । मंगलबार विशेषगरी माइक्रोफाइनान्स समूहतिर लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्समा क्रेज आउनुमा २ प्रमुख कारण मानिएको छ ।
पहिलो, चौथो त्रैमासमा माइक्रोफाइनान्स कम्पनीहरुको रिपोर्ट तुलनात्मकरुपमा निकै राम्रो आएको छ । माइक्रोफाइनान्सको नाफा, रिजर्भ, इपीएस लगायतका प्रमुख सूचकहरु उत्साहवद्र्धक देखिएका छन् । सोही कारण लगानीकर्ताको आकर्षण चुलिएको हो । यस्तै, यस समूहको सेयर नबढेको पनि लामै समय भइसकेको थियो । यस कारण लगानीकर्ता यतातिर आकर्षित भएको अनुमान गरिएको छ ।
यस्तै, यी समूहका कम्पनीहरुले अब लाभांश घोषणा गरेर साधारण सभा बोलाउन थाल्नेछन् । यसले पनि आम लगानीकर्तामा उत्साह बढेको हो । अरु केही समूहहरुमा पनि आकर्षण जारी छ । तर बजार वा कुनै पनि समूह निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । यसतर्फ भने आम लगानीकर्ता सचेत हुन आवश्यक छ । बजार समग्रमा बुल रनमा रहेको छ । बैंक ब्याजदर सस्तो छ । सेयर धितो कर्जा सजिलै पाइने अवस्था छ । लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् ।
यी परिप्रेक्ष्यमा बजारले केही करेक्सनका बाबजुत पुनः नयाँ उचाईहरु तय गर्दै जाने विश्वास गरिएको छ । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ताले आफ्नो वित्तीय अवस्था, जोखिम बहन क्षमता, होल्ड गर्ने अवधि लगायतलाई ध्यान दिंदै अघि बढ्न जरुरी हुन्छ ।
सकेसम्म घटेका बेला किन्ने र बढ्दा बिक्री गर्ने रणनीति बनाउन सके लाभ लिन सजिलो हुन्छ । लगानी गरिएका कम्पनीको अवस्था, लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना लगायतलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…