एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी

जापान । यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उमेदवारी दिनेको संख्या पनि बढिरहेको छ। एनआरएनए जापानको उपाध्यक्षमा घिमिरेको उमेदवारी दाबी गर्नु भएको छ ।
उमेदवारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यस्ले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद घिमिरे पनि हुन्। उनि भन्छन, कुनै पनि संस्थामा लाग्न त्यसको ग्रास लेवल बाट आउन जरुरी छ। जस्ले संस्था सञ्चालन अनि संस्थाको लक्ष्यमा पुग्न सहज हुने गर्छ। अझ संस्थामा लाग्दा केही पाईन्छ कि भन्ने सोच त्याग्न जरुरी छ। जुन सुकै सामाजिक कार्य गर्दा आफुले यथासक्दो समय, ज्ञान , धन आदी दिने हो । पाउने भनेको केबल आत्मा सन्तुष्टि हो, जुन केहि संग पनि तुलना गर्न मिल्दैन । आत्मा सन्तुष्टिको लागी सामाजिक कार्यमा लागेको बताउने घिमिरे एनआरएनए नागोया क्षेत्रिय समितिमा(२०११-१३ ) उपसंयोजक हुँदैं (२०१३-१५ ) मा नागोयाको संयोजक भएका थिए। हाल उनि एनआरएनए जापानका सचिव छन्।
एनआरएनए जापानमा भष्ट्रचारको दलदलमा फसेको छ नि भन्ने प्रश्नमा आफु कहि कतै त्यस प्रकरणमा नमुछिएको र भविश्यमा पनि नमुछिने बताउँदै भष्ट्रचार मुक्त एनआरएनए बनाउने अभियानमा आफु लाग्ने उनको भनाई छ। समाज सेवा संगै घिमिरेको साहित्यमा पनि उत्तिकै रुचि छ। उनि अनेसाज जापानको महासचिव हुँदैँ अध्यक्ष समेत भएका थिए। उनले कविता संग्रह “एक्लो विजेता “प्रकाशनमा ल्याएका छन्। साथै उनले आफ्नै शब्द र निर्माणमा २ वटा म्यूजिक भिडियो समेत निर्माण गरेका छन्। घिमिरे सामाजिक सेवा गर्ने उदेश्यले अन्य विभिन्न संघ संस्थामा आवद्ध रहि काम गरिरहेको बताउछन् । उनि नेपाल रेडक्रसका यशस्कर सदस्य रहेका छन् । त्यस्तै जापानमा योक्काइचि व्यवसायिक क्लवको सदस्यमा २०१९ बाट र उधोग बाणिज्य सगं योक्काइचिको सदस्यका रुपमा २०१० बाट आवद्ध रहि काम गरिरहेका छन्।
योक्काइचि किता रोटरिमा समेत आबद्ध घिमिरे रोटरिको माध्यमबाट आफ्नो कर्मथलो र जन्मथलो जोड्न प्रयास गरिरहेको बताउँदै चितवनका दुइ बिधालयलाइ शैक्षिक सामग्रि पठाइएको र कोभिडको कारणले बितरण रोकिएको बताँउछन । चितवन जिल्ला स्थायी घर भएका घिमिरे १५ वर्ष अघि जापान आएका हुन्। उनि जापानको नागोया नजिकै मियकेन क्षेत्रमा व्यवशाय गर्दै आएका छन्। आफुले एनआरएनए जापानको उपाध्यक्षमा विजयी हासिल गरेमा यो संस्थालाई आफ्नो कारणबाट बदनाम कहिलै नबनाउने वताउदै जापानबासी नेपालीहरू समक्ष उपाध्यक्ष पदमा आफुलाई मतदान गर्न आग्रह गरेका छन्। हार वा जीत जे भए पनि आँफु यस अभियानमा लागि रहने घिमिरे बताउँछन् ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago