एनआरएनए नागोयाको गाईजात्रा सकिएन

कविकिरण न्यौपाने, नागोया । यतिवेला जापानमा रहेका एनआरएनएको बाह्रै बटा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ । सामाजिक सञ्जाल भरि बधाई दिनेको आईरोनै लागेको देख्न सकिन्छ । भष्ट्रचारमा डुबुल्की मारेको एनआरएनए जापानमा पनि नेता बन्ने तछाड – मछाड चलिरहेको छ।

नागोया क्षेत्रिय समितिको गाईजात्रे कथा भने बेग्लै छ। जुन अहिले सम्म पनि निरंन्तर चलिरहेको छ। जापानमा रहेको १२ बटा क्षेत्रिय समिति मध्ये नागोया बाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन भयो। नागोया सर्वसहमत को त कुरौं छोडौं एक पक्षले उमेदवारी दर्ता प्रकृया नियम संगत नभएको भन्दैं निर्वाचन बहिस्कार गदैं गंगा घर्तिमगर को संयोजकत्वमा नागोया क्षेत्रिय समिति गठन भयो। निर्वाचन समितिले पनि आफ्नो कार्यतालिका अनुसार निर्वाचन गरायो। मनोज वममल्ल लगाएतको टिमलाई निर्वाचित घोषणा गर्यो । यति वेला नायोमा क्षेत्रिय समिति २ वटा छन् । दुबै समितिले आ – आफ्नै तरिकाले गतिविधी गरिरहेको छन्।
क्षेत्रलाई दिशा निर्देश गर्ने एनआरएनए जापान भष्ट्रचारमा डुबेर आईसिसि द्वारा निलम्बनमा परेको अवस्था छ । दुबै वटा समितिले आफ्नै पाराले गतिविधी गरिरहेका छन्। सञ्चारकर्मीलाई पनि मल्ल समूह अनि धर्ति समूह भनेर समाचार लेख्न परेको छ। विदेशमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी पदका लागी एकले अर्कालाई खुल्याउन पनि तयार भएको देख्दा यो भन्दा ठूलो गाईजात्रा के हुन्छ र ? आफ्नो नेतृत्वमा नागोया क्षेत्रिय समिति गठन पछि पहिलो काम मेलम्चीमा बाढी पिडितलाई राहत संकलन गरि हस्तान्त्र रण गरिएको घर्ति समूहका संयोजक गंगा धर्तिमगरले बताएका छन्। त्यस्तै चितवन जिल्लाको विरेन्द्रनगर-२, घर भई फुकुओकामा बस्दै आएकी अन्जु लामा दुवै मृगौला फेल भई हाल अस्पतालमा भर्ना भई उपचार गराई रहेको र आर्थिक अभावका कारण समस्या परेकोले आर्थिक संकलन गरि हालै मात्र हस्तान्त्ररण गरिएको घर्तिमगरले बताए । त्यस्तै मल्ल समूहले पनि मेलम्ची बाढी पिढितको लागी भन्दैं सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन गरेको छ। जस्को नेतृत्व उप- संयोजक कृष्ण गौतमले गरेका छन्। उक्त संकल्लित रकम नेपाल पठाउने तयारी भई रहेको बताईएको छ। त्यस बाहेक हालै आफुहरुले नागोयामा रक्तदान कार्यक्रम सम्पन्न गरेको मल्ल समूहका संयोजक मनोज वममल्लले बताए ।
त्यस्तै नागोयामा नेपालीको लागी जुलाई ४ तारिक बाट जापनिज भाषा कक्षा संचालन गर्ने, एनआरएनए नागोयाको कार्यलय राख्ने निश्चित भएको , त्यस पछि हट लाईन नम्बर पनि आउने मल्लको भनाई छ। त्यस्तै पासपोर्ट बनाउन परेमा एनआरएनए नागोयाले सहजिकरण गर्ने उनले बताए। जापानमा रहेका बाह्र वटा क्षेत्रिय समिति मध्ये नागोया पहिलो क्षेत्रिय समिति हो। धेरै नेपाली रहेको शहर मध्ये नागोया तेश्रो स्थानमा पर्छ। यहा केही व्यवशाय गर्दै आएकाहरुको अहमताका कारण यस्तो समस्या आएको जानकारहरु बताउछन् । नागोयामा एनआरएनए केन्द्र अनि अन्तराष्ट्रिय रुपमा प्रतिनिधी गर्ने दर्जनौंको संख्यामा रहेका छन् । कोही अझैं अगाडी बढ्ने तयारीमा लागेका छन्। आफु रहेको क्षेत्र त मिलाउन नसक्ने यिनिहरुबाट आश गर्न नसकिने धेरैको धारणा रहेको छ। उनिहरु नेतृत्वमा जाने हो भने पहिला आफु रहदैं आएको क्षेत्रको बिवाद मिलाउन जरुरी छ। नागोयामा रहदैं आएका एनआरएनए जापानका उपाध्यक्ष रहेका दिपक कार्कीले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । त्यस्तै वर्तमान सचिव विष्णुप्रसाद घिमिरेले उपाध्यक्ष र कार्य समिति सदस्य बाबुराम खरेलले सह -कोषाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् ।
त्यस्तै लामो समय नागोयामा व्यवशाय गर्दै आएका राजकुमार अधिकारीले पनि उपाध्यक्षमानै उमेदवारी घोषणा गरिसकेका छन्। त्यसै एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल एनआरएनए जापानको सचिवमा उठ्ने तयारीमा छन्। अन्यको पनि उमेदवारी घोषणा गर्ने क्रम जारी छ। त्यस्तै नागोयामा व्यवशाय गदैं आएका एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ आईसिसिको पदाधिकारी र उप -संयोजक पारसमणि पोखरेल एशिया प्यासिफिक संयोजकमा उठ्ने चर्चा छ। त्यस्तै दर्जनौं एनआरएनका विभिन्न पदहरुमा रहेका व्यक्तिहरु पनि नागोयामानै छन्। जस मध्ये एनआरएनए आईसिसि मानर्थ सदस्य डिलाराम खरेल , आईसिसि सदस्य दिपक घिमिरे , एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल ,एनआरएनए जापानका पूर्व प्रवक्ता सन्देश पोख्रेल लगाएत छन्। नागोयामा रहेका एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठ र उप – संयोजक पारशमणि पोखरेल बिच सम्बन्ध राम्रो छैन। त्यसै उप- संयोजक पारशमणि पोखरेल र एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खेरेल विच पनि केहि समय अगाडी आरोप – प्रत्यारोप चलेको थियो।
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत एनआरएनए नागोयाका मल्ल पक्षका संयोजक मनोजबम मल्लले एशिया प्यासिफिक संयोजक संग रुष्ट भएर लेखेका छन् । उन्ने भनेका छन् एसियामा कति वटा एनसिसि छन्, कहाँ – कहाँ अधिवेशन सकियो, कहाँ – कहाँ हुदैछ भन्ने कुराको ज्ञान पनि नभएका एसियाको संयोजक सारा एसिया क्षेत्रको एनसिसिहरुलाई छाडेर सानो नागोया क्षेत्रको आधिकारिक कमिटीलाई भंग गर्न तल्लिन छन्। अनि त्यहिमाथि आईसिसिको उपाध्यक्षमा उठ्छु भन्दै बिज्ञापन गर्दै हिडेको देख्दा उदेक लागेर आउछ । लाजको पसारो ,तिमी जस्ता पात्रहरु एनआरएनएमा हावी भएर एनआरएनए दुर्गन्धित भएको हो। त्यो दुर्गन्ध र त्यस्ता पात्रहरुलाई हटाउन हामी युवाहरु आएका हौं। सक्छौ भने रोकेर देखाओ भनेका छन् । उता नागोया क्षेत्रिय समितिका घर्तिमगर पक्षका गंगा धर्ति मगरले नागोयाको विवादको जड एसिया प्यासिफिक का उप- संयोजक पारशमणि पोखरेल भएको बताए । हालै मात्र नागोया को दुबै समितिलाई मिलाएर अघि बढ्ने निर्णय हुँदैं गर्दा अन्तिम समयमा पारशमणि पोखरेलले नै भाडेको धर्तिमगर को भनाई छ। दुबै संयोजक विच एक – एक वर्ष संयोजक रहने गरि सहमति भएकोमा पछि भाडिएको बताइएको छ। त्यसै गरि एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितलका अनुसार नागोयाको पछिल्ला गतिविधिले लाजैमर्दो बनाएको बताए । उनका अनुसार दुबै समितिलाई मिलाएर लैजाने सहमति भए पनि संयोजक पदमा मल्ल र धर्तिमगरले दाबि नछोडेकोले सहमति हुन नसकेको बताए ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago