मास्क बाड्न सडकमा सिडियो ! तपाइँको मास्क खोई ? अभियान सञ्चालन

२०७८, १० बैशाख शुक्रबार ०७:००

पाल्पा । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले आज तानसेनमा तपाईको मास्क खाेई? अभियान संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सयुक्त रुपमा अभियान चालाएका छन । प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेय, प्रहरी प्रमुख तथा सुरक्षा निकायका प्रमुख एबम प्रतिनिधिले बजारमा सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित गरेका छन । मास्क नलगाई हिडने व्यक्तिहरुलाई मास्क लगाएर हिड्न अनुराेध सहित मास्क वितरण गरिएको छ । टोलिले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक राेग ऐन २०२० बमोजिम जरिवाना गरिने जानकारी दिएको छ ।

तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । बजार परिक्रमा गर्दा ‘काेभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ’ भन्ने प्लेकार्ड बोकेका थिए । तानसेनको हुलाकमोड, लहरेपिपल, बसपार्क, टूँडीखेल लगायत भिड्भाड हुने स्थानमा मास्क नलगाउनेलाइ मास्क दिएर काेराेना विरुद्धकाे सचेतना फैलाएकाे थियाे ।
पाल्पामा दैनिक रुपमा कोरोना संक्रमण बढ्दो छ । यस्तो अवस्थामा सचेत हुन नसकेमा समुदायस्तरमा कोरोना फैलिन सक्ने आकलन गरिएको छ जसका कारण बेलैमा सतर्क रहन जरुरी छ ।

Comments

ताजा खबर