Categories: राशिफल

आजको पञ्चाङ्ग तथा रासीफल

ज्यो. जयराम सापकोटा
आज मिति २०७७ फागुन २० बिहीवार तदानुसार सन 2021 Mar 4 तारिक, कृष्णपक्ष षष्ठी तिथि, विशाखा नक्षत्र, तुला रासी आउनुहोस विण्णु नारायणको दर्शन सँगै आजको दिनको शुभारम्भ गरौ ।

मेष <> साथ दिनेहरू फेला पर्नेछन्,जे कुरा जानिएको छ अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,परिवारजनसँग आत्मीयता बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनेछ,प्रयत्न गरेको काम आजको शुभ अंक – ४ रहेको छ ।

बृष <> सवारी साधन तथा यान्त्रिक बस्तुबाट चोटपटक लाग्न सक्छ,परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ, पहिलेका निर्णयले काममा समस्या निम्त्याउन सक्छ,आजको शुभ अंक- १२ रहेको छ ।

मिथुन <> आलश्य पनि दूर हुनेछ,मनमा प्रशन्नता छाउनेछ,श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा पछिका लागि फाइदा हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै नजानेको आजको शुभ अंक-६ रहेको छ ।

कर्कट <> सामुहिक नेतृत्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,हिम्मतले काम लिँदा फाइदा हुनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन,आजको शुभ अंक- ९ रहेको छ ।

सिहं <> लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ, आजको शुभ अंक -५ रहेको छ ।

कन्या <> विश्वास गरेका व्यक्तिले धोका दिने छन्,मुद्दामामलाका कुराहरु आईलाग्नसक्नेछन्,बन्न लागेको कार्य रोकावट आउन सक्छ,सहमतिका कार्यहरू भङ्ग हुन सक्छन् सञ्चित धनको खर्च हुन सक्छ, आजको शुभ अंक ६ रहेको छ।

तुला <> उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,काम बिग्रने भयले सताउन सक्छ,न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला,स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक- ५ रहेको छ ।

बृश्चिक <>काम व्यवहारमा सफलता मिल्ने छ,सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,अरूको सेवामा खटिँदै गर्दा आफैंलाई समस्या आउन सक्छ,विभिन्न अवसरले पछ्याए पनि मौकाको लाभ उठाउन नसकिएला, आजको शुभ अंक- १ रहेको छ ।

धनु <> राम्रै सहयोग गर्दा पनि अपजसको सामना गर्नु पर्ने हुनसक्छ,मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ,शुभचिन्तकहरूले साथ दिनाले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक -७ रहेको छ ।

मकर <> अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ ,प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ,व्यावसायिक यात्रा सम्भावना छ, दाम्पत्य जीवन रमाइलो रहनेछ,आजको शुभ अंक – १० रहेको छ ।

कुम्भ <>आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला, समय दिन नसक्दा समस्या आउने छ, आजको शुभ अंक- ११ रहेको छ ।

मीन <> आम्दानि बढेता पनि साझ पख नसोचिएको धन खर्च हुनेछ,अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ,रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ,आजको शुभ अंक- ८ रहेको छ ।
नोट: कुन्डली निर्माण तथा ग्रहदशाका वारे जान्न इच्छुक व्यक्तिले कमेन्टमा जन्म मिति महिना गते र जन्म समय टिपाउन सक्नु हुनेछ । फोनवाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ९८४७०२८२५२

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago