त्रिवेणी–कोरोला सडक निर्माणमा निकुञ्ज बन्यो बाधकक

गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणीपोखराकोरोला सडकखण्डको दुम्किबासत्रिवेणी खण्ड निर्माण हुन सकेकोछैन्

भारत चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणीपोखराकोरोला सडकखण्डको दुम्किबासत्रिवेणी खण्डको निर्माणकार्य अझै शुरु हुन नसकेको हो गण्डकी प्रदेश सरकारले त्रिवेणीपोखराकोरोला सडकले उत्तर चीन दक्षिणमा भारतलाई जोडनेहँुदा प्रदेशकै विकास समृद्धिको आधारका रुपमा यस सडक खण्डलाई हेरेको

कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैँडाकोटदेखि उत्तरी नाका कोरोलासम्म विभिन्% 8 चरणमा काम भइरहँदा भारतीय नाकासँगजोड्ने दक्षिण खण्डको दुम्किबासत्रिवेणी खण्डमा भने सडक निर्माणको काम हुन सकेको छैन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्र पर्ने भएकाले केही कानूनी अड्चनका कारण यो खण्डमा काम हुन नसकेको जनाइएको दुम्किबासको बगुवनदेखित्रिवेणीसम्मको करीब १६ किलोमिटर खण्डमा सडक निर्माण हुन सकेको छैन् यो खण्डमा सडक निर्माण नहँुदा गण्डकी प्रदेशकोसिधा पहुँच भारतसँग हुन नसकेको बताइएको यो खण्डमा सडक निर्माण नहुँदा अहिले दुम्किबासबाट लुम्बिनी प्रदेश हुँदै करीब ४५किलिमिटर घुमेर त्रिवेणी नाका पुग्नुपर्ने अवस्था रहेको

विसं २०५९ साल अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको दुम्किबासत्रिवेणी सडक खण्डमा २०६३ मा सडकको मर्मत गरीयातायातसमेत सञ्चालन गरिएको थियो हुलाकी सडकको रुपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६३असोजमा यातायात सञ्चालन गरिएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो विसं २०६४जेठसम्म यातायात सञ्चालनमा रहेको यस खण्डपछि चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो, निकुञ्जले चरिचरनको क्षेत्रभनेर समेटेपछि यो खण्डमा यातायात सञ्चालनमा रोक लगायो”, तत्कालीन सडक निर्माण समितिका अध्यक्ष गिरीले भन्नुभयो, “यो यसक्षेत्रका जनतालाई दिएको पीडा हो

पूर्वपश्चिम राजमार्गदेखि बगुवनसम्म अहिले सडक रहेको बगुवनदेखि  भारतीय नाका त्रिवेणी ब्यारेजसम्म १६ किलोमिटर रहेको दक्षिणतर्फ ब्यारेजदेखि खयर खोलासम्म अहिले पनि यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको खयर खोलादेखिबगुवनसम्मको करीब ११ किलिमिटर सडक रहेको यसखण्डमा अहिले पनि सामान्य मर्मत गरे यातायात सञ्चालन गर्न सकिने उहाँलेबताउनुभयो दुम्किबासदाउन्नेबर्दघाट सडकलाई विसं २०६३ मा हुलाकी मार्गको रुपमा रहेको दुम्किबासत्रिवेणी सडकको यातायतसञ्चालन गर्ने गरी ट्र्याक खोलिएको थियो तत्कालीन जिल्ला विकास समिति, यस क्षेत्रका गाउँ विकास समिति, सडकडिभिजनकोसमेत आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा कलभर्ट हाल्ने, बाटोको स्तरोन्नति गर्ने काम गरिएको थियो तरपछि चितवन राष्ट्रिय निकुञ्जले यो सडक यातायात सञ्चालनमा रोक लगाएको हो

सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुम्कीबासको बगुवन त्रिवेणी खण्डमा यस सडक खण्डको निरीक्षणगर्नुभएको उहाँले यहाँका सरोकारवालासँग भेटेर सो सडक खण्डका विषयमा जानकारीसमेत लिनुभएको निरीक्षण पश्चात्बोल्दै उहाँले यो सडकखण्ड त्रिवेणीकोरोला व्यापारीक मार्गका रुपमा विकास हुने बताउनुभयो चीन भारतको ट्रान्जिट प्वाइन्टकारुपमा विकास गर्ने सोच बनाएका छौं उत्तरी खण्डमा नाकासम्म पहुँच भएको भएपनि दक्षिणी  खण्ड भारतको सीमासँग जोडिएकोत्रिवेणी पुग्न अझै पनि अन्य प्रदेशको मार्ग भए जानुपर्ने बाध्यता रहेको ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यस खण्डको निर्माणमा प्रदेशसरकारले प्राथमिकता दिएको दक्षिणी खण्डको रुपमा रहेको दुम्किबासत्रिवेणी खण्डमा केही कानूनी अड्चन रहेको बताउँदैउहाँले ती अड्चन हटे यसै वर्षबाट निर्माणको काम शुरु गर्ने भन्नुभयो

दुम्किबासत्रिवेणी सडक निर्माणमा बजेटको कुनै अभाव हुदैन, बहुवर्षीय योजनामा राखेर काम गरिने ”, उहाँले भन्नुभयो, “त्यसकालागि कानूनी अड्चन हटाउन जरुरी , हामी पहल गरिरहेका छौ स्थलगत रुपमा निरीक्षण गर्दासमेत दुम्किबासत्रिवेणी खण्डमायसअघि चलनचल्तीमै रहेको सडक देखिएकाले अब कानूनी अड्चनले यसलाई रोक्न नहुने देखिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो देशका अन्य क्षेत्रमा निकुञ्जबाटनै सडक रहेको बताउँदै यसलाई पनि पक्रिया पु¥याएर खोल्नुपर्ने उहाँले बताउनुभयो

नवलपुरलाई पोखरासम्म जोड्ने सडकको रुपमा तनहँुको भिमाददेखि मानपुरहुँदै डेढगाउँसम्म स्तरोन्नतिको काम भइरहेको बताउँदैडेढगाउँबाट कावासोती हँुदै प्रदेशकै बाटोबाट त्रिवेणी पुग्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यसलाई हेरेको मुख्यमन्त्रीगुरुङले बताउनुभयो   दुम्किबासत्रिवेणी सडकखण्ड सञ्चालन गर्न नसक्दा त्रिवेणी क्षेत्रका बासिन्दा सदरमुकाम कावासोतीसम्म आउनप्रदेश नं को बाटो हँुदै घण्टौं लगाएर आउनुपर्ने बाध्यतासमेत रहेको विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत पर्ने त्रिवेणीकाबासिन्दा गाउँपालिकाको कार्यालय आउन पनि ४५ किलोमिटरको दूरी घुमेर प्रदेश नं को बाटो हुँदै आउनुपर्ने समस्या रहेको वडा नंत्रिवेणीका सुरजकुमार कोहारको गुनासो हुलाकी सडकको रुपमा चलनचल्तीकै बाटोपछि गएर सञ्चालनमा रोकिएको भन्दै उहाँले यसलाई खुलाउन सरकारले पहल गर्नुपर्नेबताउनुभयो चितवन राष्ट्रिय निकुञ्ज नारायणी नदी पारी चितवनमा पर्ने भए पनि नदी वारी नवलपुरमासमेत निकुञ्जले आफ्नो क्षेत्रदाबी गरी यातायात सञ्चालनमा रोक लगाएको भन्दै यो तत्काल खोल्नुपर्ने उहाँले बताउनुभयो

दुम्किबासत्रिवेणी सडक खण्डकमात्रै नभएर विकासको आधारसमेत भएकाले यसको सञ्चालन नितान्त आवश्यक रहेको यसै क्षेत्रकानिवर्तमान सांसद तिलक महतले बताउनुभयो यो नाका खोल्नासाथ गण्डकी प्रदेशको सहज पहुँच भारतसँग हुने हँुदा विकासको ढोकाखुल्नेसमेत उहाँले बताउनुभयो (रासस)

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago