भाजु पुखुको बीचमा रहेको जलेश्वर मन्दिर शिलान्यास

काठमाडौं काठमाडौं उपत्यकाका तीन ऐतिहासिक पोखरीको चर्चा हुँदा काठमाडौंको रानी पुखु(पोखरी), ललितपुरको न्हुँ पुखु भक्तपुरको भाजु पुखु गरी तीन वटा रहेका छन् यही तीन पोखरीमध्ये भक्तपुरको दूधपाटीमा रहेको भाजु पोखरीको बीचमा रहेकोजलेश्वर मन्दिरको बिहीबार शिलान्यास गरिएको

बीचमा रहेको सो मन्दिर शिखर शैलीको रहेको बताइए पनि मन्दिरको ऐतिहासिकता भने यकिन भएको छैन यद्यपि सो पोखरी भनेझण्डै आठ सय वर्ष पुरानो रहेको कुरा भक्तपुर महानगरपालिकाले अध्ययन गरेर निकालेको प्रतिवेदनमा उल्लेख नगरपालिकालेप्रति% 4ेदन तयार पारी विद्वानहरुसँग यसको ऐतिहासिकताको बारेमा केही वर्ष अघि गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै इतिहासविद्पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन अध्ययनबाट यो पोखरीको निर्माण १२ औं शताब्दीमा बनेको देखिएकोउल्लेख गरेका थिए

बिहीबार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिसहितको टोलीले पोखरीको बीचमा रहेको मन्दिरको शिलान्यास गरे नगरपालिकाको प्रारम्भिक अनुसन्धानले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको देखाएको सोही अनुसार अहिले मन्दिर बनाउन लागिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए

मन्दिरको शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नगरपालिकाले हासिलगरेको विशेषता भएको बताउँदै प्रजापतिले ऐतिहासिक सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताए।

नगर क्षेत्रभित्र रहेका सार्वजनिक मठ मन्दिर जीर्णोद्धार पुनःनिर्माण गरेर मात्र नपुग्ने भन्दै प्रमुख प्रजापतिले त्यस्ता सांस्कृतिकसंरचनाहरूको दिगो संरक्षणमा नगरपालिका जुटिरहेको नपाको कार्यमा स्थानीयवासीहरुको पनि साथ सहयोग रहँदै आएको बताए

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताए भाज्यापोखरीको अध्ययन अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आउने बताउँदैउनले भक्तपुर नगरपालिकाले भाज्या पोखरीको जीर्णोद्धार एवं मन्दिरको पुनःनिर्माण मौलिक शैली स्वरुपमा गरिरहनु सुन्दर पक्ष रहेकोबताए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago