आमहड्तालले पाल्पा प्रभावित, अपराह्न ५ बजे पछि खुल्ने

पाल्पा, २२ माघ । सरकारको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ । आमहडतालको कारण पाल्पाको जनजिवन पुर्णरुपमा प्रभावित भएको छ । पाल्पामा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन भने उधोग धन्दा कलकारखाना, शैक्षिक संस्था व्यापार व्यबसाय पुर्ण रुपमा बन्द रहेका छन । कोरोना सक्रमणको कारण लामो समय सम्म बन्द पछी संचालनमा रहेका शैक्षिक संस्थामा पनि आमहडतालको प्रभाव परेको छ ।
पाल्पामा भएर संचालन हुने सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सहायक राजमार्गमा एम्वुलेन्स, दुध, पानी, शव बहान, फोहोर फाल्ने सवारी साधन मात्र संचालनमा आएका छन, सर्वसाधारणका सवारी साधन भने चलेका छैनन । आमहडताल लाई सफल बनाउन तानसेनका चोक चोकमा नेकपा प्रचण्ड माधव नेपाल समुहका कार्यकर्ताहरु उत्रिएका छन । आमहडतालको कारण शान्ती सुरक्षामा खलल नहोस भनी चोक चोकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ भएका छन । आन्दोलनकर्ताका अनुसार आमहडताल अपराह्न ५ बजे पछि खुल्ने छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago