थम्मन थापा
बागलुङ मंसिर १७
आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ । बुधबार जिल्ला स्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले यहि मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराउनु भयो ।
ढुङगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४ सय ७० जना नयाँ थपिने बताउनु भयो । उहाँले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिनुभयो । पहिलो चरण कार्तिक १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताउनुभयो । पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिनुभयो ।
मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताउनुभयो । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुङगानाले बताउनुभयो । मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानु पर्ने उहाँको भनाई छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफु रहेको ठाउँबाट पनि दर्ता गर्न सक्ने छन् ।
२०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…