जापान। जापानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापन लगायत बिभिन्न क्षेत्रमा रहेका दोलखालीहरुको संस्था दोलखा समाज जापानको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
टोकियोको ओमरीमा आज शनिवार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिबेशनबाट अध्यक्षमा महेश खड्का सर्वसहमति निर्वाचित भएका छन । दोलखा समाज जापानको तेस्रो अधिबेशन वरिष्ठ उपाध्यक्षमा संजीब पोखरेल,उपाध्यक्षमा रोशन थापा, महासचिवमा शैलेश खड्का, कोषाध्यक्षमा माधब खड्का चयन भएका छन ।त्यस्तै समाजको सदस्यहरुमा मनोज श्रेष्ठ, बिनय गुरुङ,किरण पोखरेल , दुर्गा तामाङ, श्रीबहादुर खड्का र नारायण खड्का चयन भएका छन ।
शनिवार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिबेशनबाट संस्थाको संरक्षकमा निवर्तमान अध्यक्षमा नवराज थापा र सल्लाहकारहरुमा गिर बहादुर तामाङ,लोकराज चौलगाई, कुलबिन्द्र फुयाल, रत्न लामा, महेन्द्र राउत,नबराज सूबेदी सर्वसहमति चयन गरेका छन ।
दोलखालीहरुलाई एकत्रित गर्दै जापानमा हुने सामान्य समस्याहरुलाई समाधान गरि भातृत्व प्रेमका साथ अगाडी बढिरहेको
दोलखा समाज जापानले आगामी दिनहरुमा जापानमा क्रमिक रुपमा बढ्दै गएको दोलखालीहरुको जनसंख्याको डाटा संकलन गरि सामाजिक सहयोगको भावनाका साथ अगाडी बढ्ने लक्ष्य लिएको जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…