पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

काठमाडौंचैत २१ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

आज यहाँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी हुनुहुन्छ ।

यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने हुनुहुन्छ । यस्तै खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री हुनुहुन्छ । महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली हुनुहुन्छ ।

यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार हुनुहुन्छ । मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा हुनुहुन्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago