रिफरले दिएको सास्ती, बिरामीको बेहाल – सरकारी अस्पतालको दुर्दशा

२०७७, ७ चैत्र शनिबार १३:३०

भविन्द्र गौतम, पाल्पा ।
अस्पताल परिसरमा बाक्लो भिड छ । कोही लाइनमा छन । कोही सिमेन्टको चिसो भुईमा टुक्रुक्क बसेका छन । कोही लट्ठिको सहारामा टोलाउदै छन । कोही हातमा कागज लियर हतारहतार डुलिरहेका छन । यो दृश्य देख्दा अनौठो लाग्छ । आफ्नो र आफन्तको स्वास्थ्य उपचारमा रिफर कागज लिनका लागी पाल्पा अस्पतालमा दिनहु यस्तै हुने गर्छ ।

अस्पतालमा रिफर लिने सेवाग्राहीको भिड तस्बिर नवीन काफ्ले

अस्पताल क्षेत्रमा बिहानैदेखि निकै चहलपहल हुन्छ । दृश्य हेर्दा कुनै मेला लागेजस्तो देखिन्छ तर यो मेला भने होइन । यो स्वास्थ्य बिमाबाट उपचार गराउनेहरु रिफर पत्र लिन जम्मा भएका बिरामी र आफन्तहरुको भिड हो ।

रिफर पत्र लिन टोकन लिएर लाइनमा बसेका नवीन काफ्ले आक्रोशित हुँदै भन्नुहुन्छ “यो पिडा कहिले सम्म भोग्नु पर्ने पाल्पाली जनताले, सम्बन्धित निकाय को ध्यान किन नपुगेको ? पाल्पा जिल्ला हस्पिटल मा टिकट काट्न र रिफर लिन लाइनमा बस्दा-बस्दा बिरामी झन बढी बिरामी हुने अबस्था आयो” ।

स्थानीयले आक्रोशित हुँदै भने “सरकारी अस्पतालमा रिफर लिनमात्र जानुपर्ने नियम लगाई जनतालाई सास्ती भएकाे कुरा याे सरकारले कहिले बुझ्ने। सामान्य अाैषधिकाे ब्यबस्थापन नगरि रिफर लिन मात्र जानुपर्ने बाध्यता बन्द गर” । स्थानिय महेश भट्टराईले पैसा हुनेहरू राजधानी र बिदेश दौड्लान, गरिब जनता कहां जाने ? आज सम्म यो अस्पतालक चलाउने संचालक समिति, पार्टि र जनप्रतिनिधी उत्तरदायी बन्नु पर्दैन ? सेबा सुबिधा थपिएला भन्दा यो बिजोग ! भन्दै प्रश्न गर्नुहुन्छ ।

समस्या सामाधानका लागी पाल्पा उद्योग बाणिज्य संघ, लगाएत पाल्पाका सामाजिक संस्थाले स्वस्थ्य बिमा बोर्डमा ध्यानाकर्षण गराए तर राहतको नाममा कहिकतै सुनुवाइ भएन । यस्तै पाल्पा व्यापार संघ ले पनि यो बिषय मा प्रमुख जिल्ला अधिकारी लाई मा ध्यानआकर्षण गरायको छ ।

ध्यानाकर्षण पत्र बुझाउदै पाल्पा उद्योग बाणिज्य संघका पदाधिकारी ।

पाल्पा अस्पतालबाट टोकन लिएर सामान्य उपचार गर्न २ दिन लाग्छ । कहिले लाइनमा बस्दा टोकन सकिएर फर्किनुपर्ने अवस्था आउछ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म टोकन लिन पाइन्छ । टोकन लिएका बिरामिको रिफर पत्र बनाउन २ देखी ३ घन्टासम्म कुर्नुपर्ने हुन्छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीश कुँवर अनुसार अस्पतालमा दैनिक ४ सय देखि ५ सय जना भन्दा धेरैजना उपचारका लागी आउने गर्छन । तर उपचार गर्नुको सट्टा रिफर गर्न हतार अस्पताललाई हुन्छ ।
सामान्यतया अस्पतालमा जुन चिजको उपचार हुन सक्दैन उसको उपचारका लागी रिफर हुनुपर्ने हो तर यहाँभने यस्तो छैन । बिरामीको सामान्य सोधपुछ समेत नगरी सिधै रिफरपत्र बनाइन्छ ।

पाल्पा ब्यापार संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण गराउदै ।

कोरोनाको समयमा सिधै उपचार गराउन पाइन्थ्यो अहिले भने रिफर पत्र अनिवार्य गरेको छ । स्वास्थ्य बिमाबाट उपचार गराउनेहरुका लागी स्वास्थ्य बिमा बोर्डले गएको फागुन १ गते देखि सरकारी अस्पताल अथवा स्वास्थ्य सेवा केन्द्रबाट अनिवार्य रिफर पत्र लिनुपर्ने बाध्यात्मक ब्यवस्था लागू गर्यो । यो ब्यवस्थाले सहुलियत भन्दा सास्ती थप्यो ।

सरकारले सबै जनतामा स्वास्थ्यको सर्बशुलभ र पहुचका लागी स्वस्थबिमा कार्यक्रम लागू गर्यो । तर यहाँ भने स्वास्थ बिमाका कारण जनताले निकै सास्ती भोग्नुपरेको छ । यो सास्तीपुर्ण ब्यवस्था हटाई सुबिधामा उपचार गर्न पाउने ब्यवस्था सुनिस्चित हुन आवस्यक छ ।

Comments

ताजा खबर