विकासको मार्गदर्शकका रुपमा बृहत योजना सार्बजनिक

२०७७, ३ चैत्र मंगलवार ०९:१०

तानसेन । ऐतिहासिक नगर तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने नगर बृहत योजना–२०७७ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका बिच लुम्विनी प्रदेश सभासद् वीर बहादुर रानाले नगर बृहत योजना–२०७७ बिमोचन गर्नुभयो । बिमोचन गर्दै सभासद रानाले योजना बनाउन समस्या नभएकाे तर कार्यान्वयन पक्ष सधैं फितलाे हुने गरेकाे बताउनुभयो ।

अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको याेजना सार्वजनिक गर्दै नगरको विकास कसरी गर्ने भनेर खाका तयार पारेका याेजनाहरू समावेश गरिएकाे तानसेन नगर प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी तीन तहका बिकास योजनाहरू नगर बृहत योजना–२०७७ मा समावेश गरिएकाे छ । अल्पकालिन २–३ वर्ष, मध्यकालिन ३–७ वर्ष, र दीर्घकालिन ८–२० वर्षका योजनाहरू रहेका छन । बस्तीस्तरका मानिस तथा सरोकारवाला पक्षसँगको छलफलबाट बनाइएका योजनाहरुले तानसेनको बिकासमा महत्त्वपूर्ण रहने प्रमुख शाहीले बताउनुभयो ।

अल्पकालिन योजनाका लागि नगरपालिकाले २ अर्ब १६ करोड रुपैया लागत अनुमान गरेको छ । यस्तै मध्यकालिन योजनाका लागि ६ अर्ब ६५ करोड रुपैया लागत लाग्ने अनुमान गरेको छ । समग्र रुपमा हरेक वर्ष बृहत योजना कार्यान्वयन गर्न १ अर्ब २८ करोड रुपियाँ खर्च लाग्ने अनुमान नगरपालिकाको रहेको छ । साेही अवसरमा तानसेन नगरपालिकाको त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ र पर्यटन प्रवर्दनात्मक ब्रोसर समेत सार्वजनिक गरिएको थियो ।

बृहत योजना २०७७ तानसेनको बिकासमा एक मार्गदर्शकका रुपमा लिईएको छ । जसको कार्यनयन पुर्णरुपमा हुन सकेमा समृद्ध तानसेन सुखी तानसेनबासी भन्ने सपना साकार हुनेछ।

Comments

ताजा खबर