फाइल फोटो
सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेत बाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त बनिसकेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सुर्खेतबाहेक अन्य कुनै पनि जिल्लामा सक्रिय संक्रमित छैनन् ।
प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार ७९ वटै पालिकाका स्वास्थ्य संस्थाबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइने तयारी पनि थालिएको छ । त्यसको लागि आवश्यक तयारी पुरा भएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…