सांकेतिक तस्बिर फाइल फोटो
पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ ।
नवलपरासीको सुनवलबाट रैनादेवी छहरा–१, सिद्देश्वर चुनढुंगा खानीतर्फ ढुंगा लिन जाँदा दुर्घटना भएको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । लु २ ख २१७१ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकदेखि १ सय ५० मिटर तल खस्दा चालक रैनादेवी छहरा–५, मुझुङका कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
यस्तै माथागढी गाउँपालिका–१, चिदीपापानीका ५१ वर्षीय गंगाबहादुर सार्कीको बाटोबाट लडेर मृत्यु भएको छ । सडकबाट ७ फिट तल खसेर घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…