काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडकमा जान नेतृत्वलाई दबाव दिइने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस गतेप्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस गतेदेखि केन्द्रीय समितिमा जुटेको हो।

सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने आन्दोलन तताउन नमिल्ने बताउँदैआएका छन्। यता देउवाइतर पक्षले भने अदालतलाई दबाव दिन भने पनि सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।

यसैबीच काँग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। यसैगरी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनायो।यसक्रममा देउवा पक्षधरले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु चुनावी तयारी भएको बताएका छन्। यता वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलगायतले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने सडक आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन्।आजको बैठकमा पनि यसबारेमा जोड दिइने पौडेल पक्षको तयारी छ।

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago