ओमिक्रोनको त्रासबीच डब्ल्यूएचओले दियो सुखद् खबर, लक्षण हल्का, खोपले दिन्छ पूर्ण सुरक्षा

काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आतंकित बनेको विश्वलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुखद् खबर सार्वजनिक गरेको छ।

डब्ल्यूएचओका अनुसार ओमिक्रोनको धेरैजसो मामिलामा असर ‘हल्का’ देखिएको छ। वर्तमान कोरोनाविरुद्धको खोप ओमिक्रोनको संक्रमणबाट बिरामी परेकाहरुको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी हुन सक्ने डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका प्रवक्ताले ओमिक्रोन म्युटेन्ट स्ट्रेन डेल्टा भेरियन्टको तुलनामा धेरै मानिसलाई संक्रमित गरिरहेको बताए। ‘यो भाइरसले पूर्ण डोज लिइसकेका मानिसहरु पनि संक्रमित भइरहेका छन्’, उनले भने, ‘तर हाललाई यसको असर हल्कामात्रै देखिएको छ र कोभिडविरुद्धको खोपले यसको प्रभावबाट बिरामी सुरक्षा प्रदान गर्ने देखिएको छ।’

डब्ल्यूएचओले यो पनि स्पष्ट पारेको छ कि डेल्टा भेरिएन्टजस्तै ओमिक्रोनले विश्वमा स्वास्थ्य संकट निम्त्याउने सम्भावना कम रहेको जनाएको छ। ‘ओमिक्रोनबारे सुरुआतमा जुन खाले आशंका गरिएको थियो, त्यस्तो हुने सम्भावना कम छ’, डब्ल्यूएचओले भनेको छ। – एजेन्सी

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago