काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आतंकित बनेको विश्वलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुखद् खबर सार्वजनिक गरेको छ।
डब्ल्यूएचओका अनुसार ओमिक्रोनको धेरैजसो मामिलामा असर ‘हल्का’ देखिएको छ। वर्तमान कोरोनाविरुद्धको खोप ओमिक्रोनको संक्रमणबाट बिरामी परेकाहरुको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी हुन सक्ने डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओका प्रवक्ताले ओमिक्रोन म्युटेन्ट स्ट्रेन डेल्टा भेरियन्टको तुलनामा धेरै मानिसलाई संक्रमित गरिरहेको बताए। ‘यो भाइरसले पूर्ण डोज लिइसकेका मानिसहरु पनि संक्रमित भइरहेका छन्’, उनले भने, ‘तर हाललाई यसको असर हल्कामात्रै देखिएको छ र कोभिडविरुद्धको खोपले यसको प्रभावबाट बिरामी सुरक्षा प्रदान गर्ने देखिएको छ।’
डब्ल्यूएचओले यो पनि स्पष्ट पारेको छ कि डेल्टा भेरिएन्टजस्तै ओमिक्रोनले विश्वमा स्वास्थ्य संकट निम्त्याउने सम्भावना कम रहेको जनाएको छ। ‘ओमिक्रोनबारे सुरुआतमा जुन खाले आशंका गरिएको थियो, त्यस्तो हुने सम्भावना कम छ’, डब्ल्यूएचओले भनेको छ। – एजेन्सी
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…