विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

काठमाडौँ । विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कले सोमबार सम्म ५० लाख १ हजार ७६४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।

यसैबीच, सबैभन्दा धेरै अमेरिकामा ७ लाख ४५ हजार ८३६, ब्राजिलमा ६ लाख ७ हजार ८२४, भारतमा ४ लाख ५८ हजार ४३७ को मृत्यु भएको छ ।

कोरोना भाइरस उत्पत्ति भएपछि यसको संक्रमबाट मृत्यु हुनेको संख्या १० लाख पुग्न २५० दिन लागेको थियो । त्यसपछि २० लाख पुग्न १०८ दिन लाग्यो, ३० लाख पुग्न ९३ दिन र ४० लाख पुग्न ८२ दिन लाग्यो । केही हदसम्म खोपको कारण अहिले यसको गति कम भएको छ । मृत्यु हुनेको संख्या ४० लाखदेखि ५० लाख पुग्न ११६ दिन लाग्यो ।

द्वन्द्वग्रस्त देश सिरियासँगै अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा अझै पनि मृत्यु हुनेको संख्या उच्च छ । रुस र अरु पूर्वी यूरोपिपका देशहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेकोे छ । विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यसम्म विश्वका ४० प्रतिशत र अर्को वर्षको मध्यसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन खोपको स्वच्छ वितरण गर्न आग्रह गरेको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago