विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

काठमाडौँ । विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कले सोमबार सम्म ५० लाख १ हजार ७६४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।

यसैबीच, सबैभन्दा धेरै अमेरिकामा ७ लाख ४५ हजार ८३६, ब्राजिलमा ६ लाख ७ हजार ८२४, भारतमा ४ लाख ५८ हजार ४३७ को मृत्यु भएको छ ।

कोरोना भाइरस उत्पत्ति भएपछि यसको संक्रमबाट मृत्यु हुनेको संख्या १० लाख पुग्न २५० दिन लागेको थियो । त्यसपछि २० लाख पुग्न १०८ दिन लाग्यो, ३० लाख पुग्न ९३ दिन र ४० लाख पुग्न ८२ दिन लाग्यो । केही हदसम्म खोपको कारण अहिले यसको गति कम भएको छ । मृत्यु हुनेको संख्या ४० लाखदेखि ५० लाख पुग्न ११६ दिन लाग्यो ।

द्वन्द्वग्रस्त देश सिरियासँगै अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा अझै पनि मृत्यु हुनेको संख्या उच्च छ । रुस र अरु पूर्वी यूरोपिपका देशहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेकोे छ । विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यसम्म विश्वका ४० प्रतिशत र अर्को वर्षको मध्यसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन खोपको स्वच्छ वितरण गर्न आग्रह गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago