प्रदेश एकमा मुख्यमन्त्री दाबी गर्ने समय आज १ बजेसम्म

काठमाडौं- प्रदेश एकमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज १ बजे सकिँदैछ।  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि सोमबार आह्वान गरेका थिए। उनले आज १ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न समय उपलब्ध गराएका छन्।

फाइल फोटो
प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” ले प्रदेश १ को मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आव्हान गर्दै १ बजेसम्मको समय तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

‘मुख्यमन्त्री भीम प्रसाद आचार्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मिति २०७८/०७/१५ गते माननीय प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७८/०७/१६ गते मंगलवार दिनको १:०० बजेभित्र प्रदेश १ को मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आव्हान गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए। आचार्यले राजीनामा दिएपछि सत्ता गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ। गठबन्धनका ५० सांसदसहित राईले सोमबार नै मुख्यमन्त्रीको दाबी समेत गरिसकेका छन्।
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago