बजारले अलटाइम हाई ब्रेक गर्नसक्ने प्रवल सब्भावना, प्राविधिक रुपमा कुन समूह चम्किने देखिन्छ ?

काठमाण्डौ । गत साता बजारमा मैनबत्ति चित्रले हरियो मारुबुजु क्याण्डल बनाएको थियो । यो साता पनि आइतबारको क्याण्डलले हरियो मारुबुजु क्याण्डल नै बनाएको थियो । आज बजार दिनभर उत्तारचढावको बाबजुद अन्तमा बजारमा रातो क्याण्डल बनेको छ । बजारले बनाएको चित्रलाई बोलिङ्गर ब्याण्डमा राखेर हेर्दा ब्रेकआउटसहित रातो क्याण्डल बनेको छ । यसले अल्पकालमा बजार केही घट्नसक्ने बुझिन्छ । आरएसआईले ६० को तहमा कमजोर प्रदर्शन गरेको छ । एमएसीडी लाइनअन्तर्गत बुलिस क्रसओभर नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै छन्, तर घट्दो क्रममा रहेकोले केही करेक्सनको सम्भावना पनि देखिन्छ ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

इलिअट वेभमा बजार बिश्लेषण गर्दा बिभिन्न बिकल्पलाइ हेरिन्छ र सबैभन्दा बढी सम्भवना भएको एक बिकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याउँछौ ।यही आधारमा बजारको बिश्लेषण गर्नुपर्दा हाल इन्टरमिडिएट डिग्रीको वेभ (४) सकिएर अब वेभ (५) को यात्रा तय गरेको देखिन्छ । वेभ (५) भित्र पनि साना साना वेभ हुने भएकोले ती वेभलाई माइनर तथा मिनट वेभमा राखेर हेर्ने गरिन्छ । यसअन्तर्गत हाल माइनर वेभमा हेर्दा हाल बजारले वेभ एक बनाँउदै गरेको हुनसक्ने देखिन्छ । यदि त्यसो भएमा यो वेभ लगभग २९५० सम्म पुग्नसक्ने देखिन्छ । त्यसपछि दोस्रो वेभ बनाउन २६६० सम्म र त्यसपछि वेभ ३ बनाउँदै पहिलाको रेर्कड ब्रेक गरेर ३२५० सम्म पुग्नसक्छ । इलिअट वेभमा बजारले समय र सूचक दुवैमा करेक्सन तथा बढोत्तरी गर्ने भएकोले यस्तो बढोत्तरी नेपाली नयाँ वर्ष बैसाखसम्ममा हासिल हुनसक्छ । त्यसपछि वेभ ४ मा करेक्सन लियर पुनः ३०७२ सम्म र पुन वेभ ५ का लागि ३७०० सम्म बजारले आफ्नो यात्रा तय गर्नसक्ने देखिन्छ ।

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउनसक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २७७६ मा, ०.३८ को टेवा २७२० मा  तथा ०.५ को टेवा २६७३ मा र ०.६१ को टेवा २६२५ सम्म बजार आउनसक्ने देखिन्छ ।

बिभिन्न क्षेत्रगत रुपमा यस्तो छ बजारको अबस्था 
वाणिज्य बैंक समूह
वाणिज्य बैंकको समूहलाई बिभिन्न औंजारमार्फत हेर्दा मूल्यरेखाले अप्पर ब्याण्डलाई नछोएता पनि आजको कारोबारले रातो क्याण्डल बनेको छ ।  आरएसआई न्यूट्रल जोन  ५३  को तहमा रहेको छ ।  एमएसीडीअन्तर्गत यो समूह बुलिस नै रहेको छ । हिस्टोग्राम सकारात्मक तथा समानान्तर नै रहेका छन् । यसले लगानीकर्ता यो समूहमा पर्ख र हेरको अबस्थामा रहेको बुझिन्छ ।

विकास बैंक समूह
यो साता बिकास बैकमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । बोलिङ्गर ब्याण्डअन्तगर्त मूल्य रेखाले अप्पर ब्याण्डलाई छोएर हरियो मारुबुजु मैनबत्तिसँगै ब्रेकआउट भएको छ । आरएसआइ ६० को तहभन्दा माथि गएको छ । एमएसीडी बुलिस क्रसओभर भएको छ र हिस्टोग्राम पनि सकारात्मक र बढ्दो क्रममा रहेकोले यो समूह प्रस्ट बुलिस रहेको र अझै बढ्नसक्ने  देखिन्छ ।

जलविद्युत समूह

यो समूहमा पनि बोलिङ्ग् ब्याण्ड, आरएसआइ र एमसीडीको अवस्था विकास बैंकजस्तै रहेको छ । यो आधारमा यो समूहमा पनि लगानीकर्ताको आकर्षण रहेको र अझै रहनसक्ने देखिन्छ ।

वित्त समूह 

यो समूहमा पनि बोलिङ्ग् ब्याण्ड, आरएसआइ र एमसीडीको अबस्था बिकास बैक तथा जलबिद्युतको  जस्तै रहेको छ । यो आधारमा यो समूहमा पनि लगानीकर्ताको आकर्षण रहेको र अझै रहनसक्ने देखिन्छ ।

लघुवित्त समूह 
यो समूहअन्तर्गत वोलिङ्ग् ब्याण्डले मूल्यरेखाले अप्पर ब्याण्डलाई छोएर हरियो मारुबुजु क्याण्डलसँगै  ब्रेकआउट भएको छ । अप्पर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । यसले यो समूह बुलिस नै रहेको र अझै हुनसक्ने देखिन्छ । आरएसआइ ६० को तहभन्दा माथि रहेको, एमएसीडी बुलिस क्रसओभर रहेको र हिस्टोग्राम सकारात्मक तथा बढ्दो क्रममा रहेकोले यो क्षेत्र पनि प्रस्ट बुलिस रहेको देखिन्छ ।

जीवन बीमा समूह 

यो समूहमा अप्परब्याण्डलाई मूल्यरेखाले छोएर हरियो मारुबुजु बनेको देखिन्छ ।  अप्पर ब्याण्ड र लोअर ब्याण्ड फैलिएको छ । आरएसआइ ६० को तहमा रहेको छ । यदि यहाँभन्दा माथि जान्छ भने खरीदको संकेत हुन्छ । एमएसीडीअन्तर्गत ६ अक्टोबरमा बुलिस क्रसओभर रहेको  र अझै भ्यालिड रहेको छ । हिस्टोग्राम सकारात्मक र बढ्दो क्रममा रहेकोले यो समूहमा पनि आगामी दिनमा चमक आउनसक्ने देखिन्छ ।

निर्जीवन बीमा समूह

यो समूहमा पनि बोलिङ्गर ब्याण्ड फैलिएको छ र लामो मारुबुजू मैनबत्ति बनेको छ । आरएसआइले ६० को तह पार गरेर ६३ मा पुगेकोले आल्पकालीन लगानीकर्ता हाबी भएको बुझिन्छ । एमएसीडीअन्तगर्त अक्टोबर १० मा बुलिस रहेको र अझै भ्यालिड देखिन्छ । लगानी समूहमा पनि आरएसआइ ६० भन्दा तल नै रहेको छ । यसले अल्पकालीन लगानीकर्ता सक्रिय नभएको देखिन्छ । बोलिङ्गर ब्याण्डमा रातो क्याण्डलका साथ ब्रेकआउट भएकोले करेक्सनको सम्भावना देखिन्छ । एमएसीडीअन्तर्गत भने बुलिस नै रहेको छ ।

नोट: लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago