बहुचर्चित कालीगण्डकी डाइभर्सनको भित्री रहस्य – भरत दाहाल

असार, १८ ।
कम्युनिष्टको खोल ओढाएर पश्चिमाहरुले परिचालन गरेका आततायीहरुले नेपालको धर्म/संस्कृतिलाई समाप्त पार्ने योजनामा काम गर्न छाडेका छैनन्। देशद्रोहीहरुको् काम गर्ने तरिका मात्र फेरिएको छ। ०६५ सालमा पुष्पकमलको मन्त्रीपरिषदले नेपालको पात्रोलाई ११ महिनामा बदल्नु पर्ने निर्णय गरेर पञ्चाङ्ग निर्णायक समितिलाई दबाब दिएको थियो।

२०६८ सालमा बनेको बाबुरामको सरकारले काठमाडौंका चाडपर्वहरुका लागि राज्यले दिंदै आएको सहयोग बन्द गर्ने र पशुपतिनाथको मूल पुजारीका रुपमा ईण्डियाको त्रिलिंगा द्रविड बाहुन बाहेक अरु रहन नपाउने निर्णय गरेको थियो। बाबुराम र पुष्पकमलले नेपालको नाम र झण्डा परिवर्तन गर्ने प्रस्ताव लैजाने देखि लिएर एमालेले आयोजना गरेको कोरियन तस्करको होली वाईन सम्मेलनसम्मका गतिविधिहरु हेर्ने हाे भने यीनीहरु विदेशीहरुले भाडामा प्रयोग गरेको पेशेवर भगौडा अपराधिहरु हुन् भन्ने तथ्य स्पष्ट हुन्छ।

कालीगण्डकी डाईभर्सनको योजना पनि यही हो। पर्यावरण, उत्पादन, बस्ति आदिमा पर्ने नोक्सानीको प्रश्न आर्थिक पक्षको कुरा मात्र भयो। तर यी भन्दा महत्वपूर्ण कुराहरु धार्मिक/सांस्कृतिक सम्पदा र पानीको उपयोगसंग जोडिएका छन्। धार्मिक/सांस्कृतिक रुपमा कालीगण्डकी डाईभर्सनको निशाना शालिग्राम र देवघाट हुन्। नदिको किनारामा माथिदेखि तलसम्म विकास भएको संस्कृति नष्ट गर्ने योजना यससंग जोडिएको छ। पानीको उपयोगको कालीगण्डकी रणनीति ईण्डियाको लिंकिङ परियोजनासंग जोडिएको छ।

यो परियोजना अन्तर्गत ईण्डियाले नेपालबाट बग्ने सबै पानीको श्रोतलाई आफ्नो रिभर लिंकिङ परियोजनामा जोडेर ६४ लाख हेक्टर सुख्खाग्रस्त क्षेत्रमा पानी लैजाने योजना बनाएको छ। रुपन्देही र कपिलवस्तुमा सिंचाई गर्ने प्रलोभन देखाएर ओली गिरोहले कालीगण्डकीलाई तिनाउमा खसालेर ईण्डियाको रिभर लिंकिङ योजनासंग जोड्ने योजनामा काम गरिरहेको छ।

यो षडयन्त्रका पछाडि कसको हात छ भन्ने कुरा बुझ्न निकै जरुरी छ। यस परियोजनाका लागि लगानी गर्ने संस्था यूनिसेफ (UNICEF) र बेलायतको डिएफआईडी (DFID) हुन्। यी पश्चिमा औजारहरुले धार्मिक/सांस्कृतिक क्षेत्रमाथिको आक्रमणका रुपमा यसलाई कार्यान्वयन गर्न खोजिरहेका छन्। केपी ओलीकै पालामा कालीगण्डकी डाईभर्सन र कोशी उच्च बाँधका कुराहरु किन चर्किन्छन् भन्ने कुरा महत्वपूर्ण छ।

यसको कारण चाख लाग्दो छ। इण्डियन जल माफियाहरुले नेपालको पानी हडप्न यहाँका सबै दलहरुभित्र आफ्ना एजेन्टहरु नियुक्त गरेका छन्। एमालेभित्र इण्डियन जल माफियाहरुका लागि काम गर्ने एजेन्टका रुपमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा छैन। प्रदीप ज्ञवालीले विदेशी शैक्षिक माफियाहरुका लागि काम गर्छन्। यी दुबै अनपढ गवाँरहरु एमाले राजनीतिको केन्द्रमा रहिरहन सफल हुनुको कारण यही हो।

कालीगण्डकीको पानी गैंडाकाेटमा झारेर नवलपरासि र कपिलवस्तुमा सिंचाई गर्ने याेजना राणा कालमै बनेकाे थियाे तर ईण्डियनहरूले यसलाई अघि बढ्न दिएनन्। कालीगण्डकीलाई त्यसको सिधा पर्ने गैंडाकाेटमा नझारेर बुटवलकाे तिनाउमा घुमाएर झार्ने याेजना किन बनेकाे छ ? बुझ्नु पर्ने खास कुरा यही हाे। यसकाे कारण के हाे भने राप्ती नदि र गण्डकी नदिकाे बिचमा पर्ने ईण्डियाका नाैतनवा, साेरहतगढ, महाराजगंज, नाैगढ, बलरामपुर, गाेण्डा, बस्ती, गाेरखपुर लगायतका क्षाेत्रहरू निकै सुख्खाग्रस्त छन्। त्यहाँ पानीकाे श्राेत छैन। त्यसैले ईण्डियाले कालीगण्डकीलाई तिनाउँमा झार्न लगाएर त्यस क्षेत्रमा पानी लैजान खाेजेकाे छ। बिष्णु पाैडेल नामकाे ईण्डियन जल माफिया एजेन्टले आफ्नाे जागिरका लागि याे अपराधलाई अगाडि बढाउन खाेजेकाे हाे।

लेखक दाहाल त्रिमुल नेपालका अध्यक्ष समेत हुन्
भरत दाहालको फेसबुक वालबाट साभार

bhabindra gautam

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago