बहुचर्चित कालीगण्डकी डाइभर्सनको भित्री रहस्य – भरत दाहाल

असार, १८ ।
कम्युनिष्टको खोल ओढाएर पश्चिमाहरुले परिचालन गरेका आततायीहरुले नेपालको धर्म/संस्कृतिलाई समाप्त पार्ने योजनामा काम गर्न छाडेका छैनन्। देशद्रोहीहरुको् काम गर्ने तरिका मात्र फेरिएको छ। ०६५ सालमा पुष्पकमलको मन्त्रीपरिषदले नेपालको पात्रोलाई ११ महिनामा बदल्नु पर्ने निर्णय गरेर पञ्चाङ्ग निर्णायक समितिलाई दबाब दिएको थियो।

२०६८ सालमा बनेको बाबुरामको सरकारले काठमाडौंका चाडपर्वहरुका लागि राज्यले दिंदै आएको सहयोग बन्द गर्ने र पशुपतिनाथको मूल पुजारीका रुपमा ईण्डियाको त्रिलिंगा द्रविड बाहुन बाहेक अरु रहन नपाउने निर्णय गरेको थियो। बाबुराम र पुष्पकमलले नेपालको नाम र झण्डा परिवर्तन गर्ने प्रस्ताव लैजाने देखि लिएर एमालेले आयोजना गरेको कोरियन तस्करको होली वाईन सम्मेलनसम्मका गतिविधिहरु हेर्ने हाे भने यीनीहरु विदेशीहरुले भाडामा प्रयोग गरेको पेशेवर भगौडा अपराधिहरु हुन् भन्ने तथ्य स्पष्ट हुन्छ।

कालीगण्डकी डाईभर्सनको योजना पनि यही हो। पर्यावरण, उत्पादन, बस्ति आदिमा पर्ने नोक्सानीको प्रश्न आर्थिक पक्षको कुरा मात्र भयो। तर यी भन्दा महत्वपूर्ण कुराहरु धार्मिक/सांस्कृतिक सम्पदा र पानीको उपयोगसंग जोडिएका छन्। धार्मिक/सांस्कृतिक रुपमा कालीगण्डकी डाईभर्सनको निशाना शालिग्राम र देवघाट हुन्। नदिको किनारामा माथिदेखि तलसम्म विकास भएको संस्कृति नष्ट गर्ने योजना यससंग जोडिएको छ। पानीको उपयोगको कालीगण्डकी रणनीति ईण्डियाको लिंकिङ परियोजनासंग जोडिएको छ।

यो परियोजना अन्तर्गत ईण्डियाले नेपालबाट बग्ने सबै पानीको श्रोतलाई आफ्नो रिभर लिंकिङ परियोजनामा जोडेर ६४ लाख हेक्टर सुख्खाग्रस्त क्षेत्रमा पानी लैजाने योजना बनाएको छ। रुपन्देही र कपिलवस्तुमा सिंचाई गर्ने प्रलोभन देखाएर ओली गिरोहले कालीगण्डकीलाई तिनाउमा खसालेर ईण्डियाको रिभर लिंकिङ योजनासंग जोड्ने योजनामा काम गरिरहेको छ।

यो षडयन्त्रका पछाडि कसको हात छ भन्ने कुरा बुझ्न निकै जरुरी छ। यस परियोजनाका लागि लगानी गर्ने संस्था यूनिसेफ (UNICEF) र बेलायतको डिएफआईडी (DFID) हुन्। यी पश्चिमा औजारहरुले धार्मिक/सांस्कृतिक क्षेत्रमाथिको आक्रमणका रुपमा यसलाई कार्यान्वयन गर्न खोजिरहेका छन्। केपी ओलीकै पालामा कालीगण्डकी डाईभर्सन र कोशी उच्च बाँधका कुराहरु किन चर्किन्छन् भन्ने कुरा महत्वपूर्ण छ।

यसको कारण चाख लाग्दो छ। इण्डियन जल माफियाहरुले नेपालको पानी हडप्न यहाँका सबै दलहरुभित्र आफ्ना एजेन्टहरु नियुक्त गरेका छन्। एमालेभित्र इण्डियन जल माफियाहरुका लागि काम गर्ने एजेन्टका रुपमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा छैन। प्रदीप ज्ञवालीले विदेशी शैक्षिक माफियाहरुका लागि काम गर्छन्। यी दुबै अनपढ गवाँरहरु एमाले राजनीतिको केन्द्रमा रहिरहन सफल हुनुको कारण यही हो।

कालीगण्डकीको पानी गैंडाकाेटमा झारेर नवलपरासि र कपिलवस्तुमा सिंचाई गर्ने याेजना राणा कालमै बनेकाे थियाे तर ईण्डियनहरूले यसलाई अघि बढ्न दिएनन्। कालीगण्डकीलाई त्यसको सिधा पर्ने गैंडाकाेटमा नझारेर बुटवलकाे तिनाउमा घुमाएर झार्ने याेजना किन बनेकाे छ ? बुझ्नु पर्ने खास कुरा यही हाे। यसकाे कारण के हाे भने राप्ती नदि र गण्डकी नदिकाे बिचमा पर्ने ईण्डियाका नाैतनवा, साेरहतगढ, महाराजगंज, नाैगढ, बलरामपुर, गाेण्डा, बस्ती, गाेरखपुर लगायतका क्षाेत्रहरू निकै सुख्खाग्रस्त छन्। त्यहाँ पानीकाे श्राेत छैन। त्यसैले ईण्डियाले कालीगण्डकीलाई तिनाउँमा झार्न लगाएर त्यस क्षेत्रमा पानी लैजान खाेजेकाे छ। बिष्णु पाैडेल नामकाे ईण्डियन जल माफिया एजेन्टले आफ्नाे जागिरका लागि याे अपराधलाई अगाडि बढाउन खाेजेकाे हाे।

लेखक दाहाल त्रिमुल नेपालका अध्यक्ष समेत हुन्
भरत दाहालको फेसबुक वालबाट साभार

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago