पाल्पा । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको परिवारलाई राहत स्वरुप नगद सहयोग दिने भएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारको लागि जनही २५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
गाउँकार्यपालिकाको बुधवार बसेको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार गाउपालिकाले बाचुन्जेल त सहयोग गरेको नै छ, ज्यान गुमाइहालेपनि परिवारलाई शव ब्यवस्थापनको लागि राहत होस भनेर २५ हजार दिने निर्णय गरेको हो ।
गाउँकार्यपालिका वैठकले उपाध्यक्ष सरस्वती चिदी, योजना शाखा प्रमुख भरत घिमिरे र सम्पूर्ण कोरोना संक्रमणबाट जुधिरहेकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । गाउपालिकामा कोरोनाका कारण अहिलेसम्म १६ जनाले ज्यान गमाइसकेका छन भने सक्रिय संक्रमितको संख्या ५७ रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…