१९ जेठ, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यबाजी नगर्न नेकपा एमालेकाजनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभावपार्ने भन्दै बदनियत राखेर वक्तव्यबाजी नगर्न चेतावनी दिएका हुन् ।
‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको हामी घोर निन्दा रभत्सर्ना गर्दै यस्ता हर्कत बारम्बार नदोहोर्याउन चेतावनी दिन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ । केही दिन अगाडि चारपूर्वप्रधानन्यायाधीशले वक्तव्य जारी गरेका थिए ।
तर वक्तव्यमा पूर्वप्रधानन्यायाधीश भनेर प्रष्ट लेखिएको छैन । ‘…राज्यका अत्यन्त महत्वपूर्ण र शीर्ष स्थानमा रही सेवा निवृत्ति भएकाकेही व्यक्तिाहरुले समेत आफ्नो पदीय मर्यादा नाघी सडकबाटै न्याय दिऊँला जस्तो गरी..’, वक्तव्यमा लेखिएको छ ।
उनीहरुले संसद् विघटन संवैधानिक र कानूनी रुपमा स्वभाविक भएको निष्कर्ष सार्वजनिक गरेका छन् । कांग्रेस सभापति शेरबहादुरदेउवालाई समर्थन गरेका एमालेका २६ र जसपाका १२ सांसदलाई कारबाही गर्दा बहुमत पुग्ने आधार नदेखिएकाले राष्ट्रपति विद्यादेवीभण्डारीले कसैलाई पनि प्रधानमन्त्री नियुक्त नगरेको वक्तव्यमा उल्लेख छ ।
तर, राष्ट्रपतिमाथि पूर्वाग्रहका आधारमा विभिन्न लाञ्छना लगाउने, अमर्यादित, असभ्य, अराजक र अपमानजनक शब्द प्रयोगभइरहेकोप्रति आपत्ति जनाइएको छ । राष्ट्रपतिविरुद्ध अमर्यादित टिकाटिप्पणी गर्ने र गतिविधिमा तत्काल रोक लगाउन त्यस्ताव्यक्तिहरुलाई कारबाही गर्न समेत माग गरिएको छ ।
संविधानको रक्षा गर्न ताजा जनादेशमा जानुपर्ने अवस्था आइपरेको विज्ञप्तिमा उल्लेख छ । तर यसबारे अदालतमा परेको विचाराधीनमुद्दामा अधिवक्ताहरुले आफूले माग गरे अनुसारको न्यायाधीश हुनुपर्नेमा पनि आपत्ति जनाइएको छ ।
प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर्नेहरुलाई कारबाही गरिए स्वागत गर्ने जनसंगठनका नेताहरुले जनाएका छन् । ‘…सरकार र सम्माननीय प्रधानमन्त्री केपी ओलीका विरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत् पार्टीविरोधी तत्वहरुलाई पार्टीले अनुशासनकोकारवाही गरेकोमा त्यसको हार्दिक स्वागत गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…