बजार अनुगमनमा तिब्रता, रोट बनाउने ध्यूकाे गुणस्तर जाँच्न नमुना संकलन

पाल्पा, १८ फागुन ।
ठुला चाडबाडको बेला मात्र औपचारिकता निभाउन गर्ने बजार अनुगमन, अहिले भने तिब्रता पाएको छ । घरेलु तथा साना उधाेग कार्यालय पाल्पाले छोटो छोटो समयमा बजार अनुगमन गर्दा उपभोक्ता ठगिने क्रम पनि घटेको छ । मंगलबार रिब्दीकाेट गाउँपालिकाकाे भैरवस्थानमा बजारमा बजारको अनुगमन गरिएकाे छ । घरेलु तथा साना उधाेग कार्यालय पाल्पाकाे आयाेजना र रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा बजारको अनुगमन भएको हो ।

भैरबस्थान बजार अनुगमनमा २३ वटा पसलहरूमा बस्तुहरूकाे उपभाेग्य मिति, मूल्य सुचि, खरिद बिकृिकाे बिल, साइन बाेड, सम्बन्धित निकायमा दर्ता भए नभएकाे अनुगमन गरिएकाे घरेलु तथा साना उधाेग कार्यालय पाल्पाका उद्योग अधिकृत देबिराम भण्डारीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा भैरवनाथ मन्दिरमा प्रसादको रुपमा चढाउले राेट बनाउन प्रयाेग हुने ध्यूकाे गुणस्तर जाँचकाे लागि दुईवटा पसलबाट नमुना संकलन गरेको छ । राेट बन्दै गरेकाे ध्यूकाे नमुना खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जाँच गरी अावश्यक प्रक्रिया अगाडि बढाइने भण्डारीले बताउनुभयो ।
अनुगमन टोलीले म्याद नाघेका केही खाद्य सामान बरामद गरी नस्ट समेत गरेको छ । गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्रीको अनुगमन गरेको थियो ।
रिब्दिकोट गाउँपालिका की उपाध्यक्ष लक्ष्मी खनालकाे नेतृत्वमा बजार अनुगमन गरिएकाे थियो ।
जिल्ला प्रसासन कार्यालय, खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालय, रिब्दीकाेट गाउँपालिका, पाल्पा उधाेग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, पाल्पा व्यापार संघका प्रतिनिधिहरू र हार्थाेक प्रहरी चाैकीका सुरक्षा कर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।
पछिल्लो समय बजार अनुगमनले तिब्रता पाए सङ्गै पाल्पाको तानसेन लगाएत ग्रामीण क्षेत्रमा उपभोक्ताहरु ठगिने क्रम घटेको छ । अनुगमम कार्यलाई निरन्तरता दिन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago