बजार अनुगमनमा तिब्रता, रोट बनाउने ध्यूकाे गुणस्तर जाँच्न नमुना संकलन

पाल्पा, १८ फागुन ।
ठुला चाडबाडको बेला मात्र औपचारिकता निभाउन गर्ने बजार अनुगमन, अहिले भने तिब्रता पाएको छ । घरेलु तथा साना उधाेग कार्यालय पाल्पाले छोटो छोटो समयमा बजार अनुगमन गर्दा उपभोक्ता ठगिने क्रम पनि घटेको छ । मंगलबार रिब्दीकाेट गाउँपालिकाकाे भैरवस्थानमा बजारमा बजारको अनुगमन गरिएकाे छ । घरेलु तथा साना उधाेग कार्यालय पाल्पाकाे आयाेजना र रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा बजारको अनुगमन भएको हो ।

भैरबस्थान बजार अनुगमनमा २३ वटा पसलहरूमा बस्तुहरूकाे उपभाेग्य मिति, मूल्य सुचि, खरिद बिकृिकाे बिल, साइन बाेड, सम्बन्धित निकायमा दर्ता भए नभएकाे अनुगमन गरिएकाे घरेलु तथा साना उधाेग कार्यालय पाल्पाका उद्योग अधिकृत देबिराम भण्डारीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा भैरवनाथ मन्दिरमा प्रसादको रुपमा चढाउले राेट बनाउन प्रयाेग हुने ध्यूकाे गुणस्तर जाँचकाे लागि दुईवटा पसलबाट नमुना संकलन गरेको छ । राेट बन्दै गरेकाे ध्यूकाे नमुना खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जाँच गरी अावश्यक प्रक्रिया अगाडि बढाइने भण्डारीले बताउनुभयो ।
अनुगमन टोलीले म्याद नाघेका केही खाद्य सामान बरामद गरी नस्ट समेत गरेको छ । गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्रीको अनुगमन गरेको थियो ।
रिब्दिकोट गाउँपालिका की उपाध्यक्ष लक्ष्मी खनालकाे नेतृत्वमा बजार अनुगमन गरिएकाे थियो ।
जिल्ला प्रसासन कार्यालय, खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालय, रिब्दीकाेट गाउँपालिका, पाल्पा उधाेग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, पाल्पा व्यापार संघका प्रतिनिधिहरू र हार्थाेक प्रहरी चाैकीका सुरक्षा कर्मीहरूकाे सहभागिता रहेकाे थियाे ।
पछिल्लो समय बजार अनुगमनले तिब्रता पाए सङ्गै पाल्पाको तानसेन लगाएत ग्रामीण क्षेत्रमा उपभोक्ताहरु ठगिने क्रम घटेको छ । अनुगमम कार्यलाई निरन्तरता दिन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago