कम्युनिष्टको शक्ति जनतामा हुन्छ : मुख्यमन्त्री गुरुङ

नवलपुर,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताउनुभएको

नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्डनेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएकोस्पष्ट पार्नुभयो

जनताले हामीलाई पाँच वर्षसम्म स्थिर सरकार बनाउनका लागि म्यान्डेट दिएका थिए”, उहाँले भन्नुभयो, “विभिन्न षड्यन्त्र गरेर सरकारढाल्न खोजिएपछि जनताको बीचमा जानुको विकल्प थिएन त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो मुख्यमन्त्री गुरुङकोकम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने बताउनुभयो गोहीको शक्ति पानीमा, चिलकोशक्ति आकाशमा अनि बाघको शक्ति जङ्गलमा भएजस्तै हामी कम्युनिष्टको शक्ति पनि जनतामा रहेको हुन्छ”, उहाँले भन्नुभयो, “हामीले जनताको लागि धेरै काम गरेका छौँ बाटोघाटो निर्माण, पानी बत्तीको सुविधा, स्वास्थ्य, शिक्षाको व्यवस्था गरेकाले जनतालेफेरि हामीलाई अनुमोदन गर्नुहुनेछ

नेकपाको गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले आफूहरुले पार्टीलाई धेरै पटक दुर्घटना हुनबाट जोगाएको बताउँदैप्रदेश सङ्घको निर्वाचन सकिएलगत्तै प्रचण्डलगायतका नेताले निहुँ खोजिरहेको भए पनि केही समय आफूहरुले पार्टीलाई फुटबाटजोगाएको दाबी गर्नुभयो

हरेक निर्वाचित जनप्रतिनिधिसँग आफ्नै सपना दृष्टिकोण हुन्छ”, उहाँले भन्नुभयो, “नगरप्रमुखसँग आफ्नो नगरलाई बनाउने भिजनचाहिन्छ, मुख्यमन्त्रीसँग प्रदेशलाई बनाउने भिजन हुनुपर्छ अनि प्रधानमन्त्रीसँग देशलाई बनाउने असल दृष्टिकोण चाहिन्छ त्योदृष्टिकोण हामी हाम्रो प्रधानमन्त्रीसँग मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीकै दृष्टिकोणका कारण नेपाल समृद्धिको यात्रामा अगाडिबढेको उल्लेख गर्दै पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा पनि अहिले नेकपा प्रवेशमा जनताको उत्साह देखिएको बताउनुभयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद तिलक महतले पार्टीभित्र सङ्कट उत्पन्न भए पनि समाधानको निम्तिनयाँ तरिकाबाट अगाडि बढिने बताउनुभयो प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले हिजोकोविरासत झुक्न दिन नहुने भन्दै आगामी निवार्चनमा समेत आफूहरु एक नम्बरको पार्टी बनेर निस्किनुपर्ने बताउनुभयो हामीसँग विचार दृष्टिकोण , त्यसैले हामी एक नम्बरको पार्टी बन्नेछौँ”, उहाँले भन्नुभयो

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल पार्वती, गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाजिल्ला अध्यक्ष रोशनबहादुर गाह, भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरेलगायतले जनता केन्द्रितराजनीति हुनुपर्नेमा जोड दिनुभयो

भेलाले गैँडाकोट का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा नेकपा नगर कमिटीलाई पुनर्गठनसमेत गरेको

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago