बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ : ऊर्जामन्त्री रायमाझी

काठमाडौँ,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइनेबताउनुभएको

मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उहाँले आफूले अघिल्लो पटकऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताउनुभएको हो

मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटकपटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भएपनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो अघिल्लो पटक पनि केपी शर्मा ओलीप्रधानमन्त्री ऊर्जामन्त्री थिएँ”, उहाँले भन्नुभयो, “संयोगले अहिले हामी पुनः त्यही जिम्मेवारीमा छौँ, अब आयोजना निर्माणको कामअघि बढ्छ

उहाँले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताउनुभयो उत्पादन भएको विद्युत् बिक्री गर्न ठाउँ÷ठाउँमा ट्रान्समिसन लाइन निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अन्तरदेशीय कनेक्टीभिटीलाईविस्तार गर्न नसके उत्पादन भएको विद्युत् यसै खेर जाने निश्चित मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जासङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको स्पष्ट पार्नुभयो

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकमबुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने बताउनुभयो उहाँले जलविद्युत्आयोजनाको निर्माण कार्य अघि नबढ्दा जनता प्रताडित बनिरहेको भन्दै जग्गाको मूल्याङ्कन पनि निकै कम भएको बताउनुभयो

  एक हजार २०० मेगावाटको आयोजना निर्माणका लागि करिब रु ४० अर्ब सङ्कलन भइसकेको आयोजना निर्माणका लागिअधिग्रहण गरेको घरजग्गाबापत सरकारले रु ३४ अर्ब प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरिसकेको

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago