बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी, सेवा प्रवाह खुम्चिदै

पाल्पा, २० माघ । जिल्लाको चर्चित अस्पताल, रामपुर अस्पताल नाम मात्रको अस्पताल भएको छ । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी बनेको छ । निर्माण व्यबसायीले समयमा काम गरेको भए आज रामपुर अस्पतालमा दक्ष चिकित्सक सहित, आधुनिक प्रयोगशाला सहितको सेवा संचालन हुने थियो । निर्माण व्यबसायीले दुई बर्ष ढिला हुदा समेत अस्पताललको भवन निर्माण अझै पुरा गर्न सकेको छैन । भवन अभाव हुदा सेवाग्राहीहरु चिकित्सक सेवा देखी प्रयोगशाला सेवा बाट बञ्चित हुदै आएका छन ।

विभिन्न बहानाबाजीमा ढिला सुस्तीले काम गर्दा सरकारी नियमन निकायको ध्यान पुगेको देखिदैन । भवनको अभावमा रामपुर अस्पतालले स्वास्थ्य चौकी सरह सेवा प्रवाह गर्दै आएको छ । दुई बर्ष अगाडी नै निर्माण कार्य पुरा गर्नेगरि ठेक्का संझौता गरेको रबिना कन्ट्रक्सन ले निर्माण कार्य पुरा नगर्दा जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पतालको सेवा प्रवाह खुम्चीदै गएको छ ।
२०७२ सलमा रामपुर प्राथमिक स्वास्थ्य केन्द्र बाट ५० शैयाको रामपुर अस्पतालमा रुपान्तरण भएको थियो । तेसपछी भौतिक पुर्वाधारको काम थालिएको थियो । निर्माण व्यबसायी रबिना कन्ट्रक्सनले २२ करोड रुपैया लागतमा २०७५ सालको कार्तिक १६ गते अत्याधुनिक भबनको निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेपनि ५ बर्ष पुरा हुदा समेत अस्पताल भवन निर्माणको काम कछुवा गतीमै चलेको छ ।

पुर्वी पाल्पाको रामपुर नगरपालिका, निस्दी, पुर्वखोला, रम्भा गाउँपालिका सहित छिमेकी पुर्बि नवलपरासी, तनहु, स्याङ्जा जिल्लाका जनतालाई बिशेषज्ञ सेवा सहित स्वास्थ्य सेवा पुरयाउने उदेश्यले स्वास्थ्य मन्त्रालयले रामपुरमा ५० शैयाको अस्पताल स्विकृत गरेको थियो ।
भौतिक पुर्वाधारको कारण काम गर्न कठिन भएको, विरामीहरुले प्रयाप्त सुविधाहरु नपाएको, स्विकृत चिकित्सक, नर्स तथा कर्मचारीहरु भौतिक पुर्वाधार अभावको कारण नभएको, स्विकृत प्रयोगशाला सेवा समेत पुर्वाधार नहुदा संचालन गर्न नसकिएको, जसको कारण प्रत्यक्ष मारमा विरामीहरु पर्दै आएको अस्पतालका निमित्त मेडिकलसुपरीडेन्ट डा. विजय परियारले गुनासो गरे । भौतिक पुर्वाधार निर्माणमा भएको ढिलासुस्तीको बारेमा पटक पटक निर्माण व्यबसायीलाई ताकेता गरेको, प्रशासन कार्यालयमा समेत जानकारी गराएको, नगर प्रमुख देखी प्रमुख जिल्ला अधिकारी लाई भौतिक प्रगतीको ढिलासुस्तीको जानकारी अवलोकन समेत गराएको डा. परियारले बताए ।
रामपुर अस्पतालमा दैनिक रुपमा तीन सय सम्म बिरामी स्वास्थ्य सेवाका लागी आउने गरेको अस्पतालको अभिलेखमा उल्लेख छ । २ बर्ष देखी संचालन हुने बिशेषज्ञ उपचार सेवा भौतिक पुर्वाधार अभावकै कारण संचालन नहुदा विरामीहरु सदरमुकाम तानसेन, बुटवल, पोखरा काठमाडौ सम्म उपचारको लागी पुग्नु पर्ने बाध्यता रहेको छ ।

हाल्सम्म अस्पतालको भवन निर्माणको काम ६० प्रतिशत मात्र पुरा भएको छ । निर्माण व्यबसायीले अवको ३ महिना भित्र काम पुरा गर्ने प्रतिवद्धता जनाएपनि कामको गती हेर्दा भवन निर्माणको काम अझै केही समय लम्बिनसक्ने देखिएको छ । निर्माण कम्पनीका प्राविधिक महमद अन्सारीले अहिले सम्म ८० प्रतिशत काम भएको बाकी २० प्रतिशत ३ महिना भित्र सकी भवन हस्तानतरण गर्ने दावी गरे ।

जिल्लामा अधिकाश भौतिक पुर्वाधार तर्फ समयमै काम सक्ने निर्माण व्यबसायी निकै कम छन । सरकारी रकमको दूरुपयोग गर्ने, समयमा काम नगर्ने, कमिसनको चक्करमा कर्मचारी संग मिलेमोतोमा गुणस्तरहीन काम गर्ने निर्माण व्यबसायी माथी राज्यले नियम अनुसार कानुनी कारवाही नगर्दा लापरवाही बढ्दै गएको छ । जसको नियमन हुन जरुरी छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago