फाइल फोटो
काठमाडौँ । सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकणका मुद्दामात्रै पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो।
आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए। सो टोलीले आइतबार बेलुका प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो।
स्रोतका अनुसार वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए। सोही आग्रह स्वीकार गर्दै प्रधानन्यायाधीश राणाले सोमबारका लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकेका छैनन्।
सोमबार आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन्। उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए। उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गरेका छन्।
विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको सर्वोच्च स्रोतले बताएको छ।सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…