बन्दीको निवेदन सुनुवाइ गर्न सर्वाेच्चका न्यायाधीशहरु तयार, अरु मुद्दाको पेशी स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकणका मुद्दामात्रै पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकिएको हो।

फाइल फोटो

आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए। सो टोलीले आइतबार बेलुका प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो।

स्रोतका अनुसार वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए। सोही आग्रह स्वीकार गर्दै प्रधानन्यायाधीश राणाले सोमबारका लागि बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी तोकेका छैनन्।

सोमबार आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि इजलास फर्किने भएका छन्। उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए। उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गरेका छन्।

विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको सर्वोच्च स्रोतले बताएको छ।सोमबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने भएका छन्।

Bishawas Acharya

Recent Posts

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago

ताप्लेजुङमा बोलेरोमा आगलागी: चार जनाको ज्यान गयो, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी…

55 years ago

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago