जापान । पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी निर्वाचित भएका छन । आईतबार सम्पन्न भएको पर्वत समाज जापानको छैठौ अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफले निर्वाचित भएका छन । सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन भने कोषध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भए, त्यसैगरि सदस्यहरूमा राजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा निर्वाचित भएका छन । त्यसैगरी निर्वाचित हुने अन्य सदस्यहरूमा राम भुषाल सागर सापकोटा कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिनशर्मा, दिपक गुरुंग, राजु गौडेल, जीवन गुरुंग,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैशी रहनुभएको छ ।
भर्चुवल प्रविधि मार्फ़त सम्पन्न अधिवेशनको उदधाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू जन्मेको ठाऊ र समाजका लागिआफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए । एनआरएन आईसिसिका पूर्व सदस्य ओम गुरुङको सयोजकत्वमा रहेको निर्वाचन समितिमा ईश्वर जोशी र मोहन घले सदस्य रहेका थिए ।
समाजका अध्यक्ष सुजन जोशिको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा जापान सहित पर्वतबाट प्रतिनिधित्व गरेका अतिथिहरुले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…