काठमाडौं -सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये हालसम्म १५ ओटाले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । शुक्रबारसम्म कर्णाली विकास बैंक बाहेक सबै बैंकले यस्तो वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
१५ विकास बैंक मध्ये नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ भने बाँकी १४ बैंकहरु नाफामा छन् । १४ बैकले कुल रू. ४ अर्ब ७८ करोड ८८ हजार नाफा आर्जन गरेका हुन । गत आवको तेस्रो त्रैमासमा १४ बैंकहरुले रू. २ अर्ब ५७ करोड ५४ लाख नाफा आर्जन गरेका थिए ।
नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्मा रू. ५२ लाख ५४ हजार नोक्सानी ब्याहारेको छ । गत आवको तेस्रो त्रैमासमा पनि रू. १० लाख ९९ हजार नोक्सानी थियो ।
सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ। बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५६ लाख नाफा आर्जन गरेको हो । बैंकले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ६० लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा बैंकको नाफा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।
१५ कम्पनी मध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा पनि मुक्तिनाथ विकास बैकको रहेको छ । बैंकको वितरणयोग्य नाफा रू. ८२ करोड ८७ लाख रहेको छ भने प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८७ पुगेको हो ।
कुन विकास बैंकले कति नाफा कमाए ? हेर्नुहोस् !
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…