अनेसास उत्तर अमेरिका क्षेत्रमा विशेष कार्यशाला गोष्ठी सम्पन्न !

लक्ष्मण न्यौपाने, सिकाग़ो -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा ज़ूम भर्चुअल प्रविधिको प्रयोग गरि आइतबार ‘प्रभावकारी बैठक प्रक्रिया’ विषयमा, विशेष कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको विशाल उद्देश्य बोकेर अघि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूको संस्थागत विकासलाई अझ प्रभावकारी र दिगो बनाएर अगाडि बढाउन चाहिने महत्वपूर्ण नियम र बिषयहरूमा उक्त विशेष कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रका अठार च्याप्टरहरूबाट ५१ जना च्याप्टर पदाधिकारीहरु तथा केन्द्रीय पदाधिकारीहरु र बीओटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष, गोवर्धन पूजाले अध्यक्षता गरेका थिए भने कार्यक्रम संचालन केन्द्रीय उपाध्यक्ष, अमेरिकाका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए । बीओटी सभापति गीता खत्रीले शुभकामना दिएर अघि बढेको उक्त कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा बीओटी उपाध्यक्ष पदम बिश्वकर्मा तथा बीओटी उपाध्यक्ष, पुरू सुवेदी, बीओटी सदस्य तीर्थ अधिकारीलगायत संस्थामा लामों समयदेखि लागि परेका विशिष्ट साहित्यिक ब्यक्तित्वहरू तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रशिक्षकद्वय, लायन्स क्लब एवम् नेपाल जेसिस लगायत बिभिन्न सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका राजेन थापा र राज श्रेष्ठको परिचय दिँदै अनेसास केन्दीय सदस्य निजान्नाद मल्लले कार्यक्रमको महत्व र आवश्यकता बारे प्रकाश पारेरअघि बढाइएको उक्त कार्यक्रममा संस्थालाई नियम, विधि र प्रक्रियामा बाँधेर व्यवस्थित रूपबाट अगाडि लगेर मात्रै संस्थाको दिगो विकास हुन सक्ने कुरामा प्रशिक्षक द्वय राजेन थापा र राज श्रेष्ठले नब्बे मिनेट लामो पेर्जेन्टेशनको दौरानमा बिशेष ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संस्थालाई कसरी विधिवत सञ्चालन गर्ने भन्ने कुरा माथि प्रकाश पार्दै ‘रोबर्ट रूल अफ अर्डर’ मा रहेर निर्णयहरू, प्रस्तावहरूलाई बिधी पूर्वक अगाडि बढाउनका लागि कसरी महत्व पूर्ण भूमिका खेल्न सकिन्छ भन्ने विषयमा तयार परिएको विशेष पावर-पोईंन्ट प्रेजेन्टेसन प्रस्तुत गर्दै अंतर्कियात्मक छलफल गरिएको थियो । सबैले अपनत्व महसुस हुनेगरी सबैलाई सहकार्य गर्दै सबैको निर्णयलाई सम्मान गर्दै बहुमतका आधारमा अल्पमतको पनि कदर गर्दै संस्थागत विकासका लागि सबै निर्णयहरू बिधिवत गरिनुपर्छ भन्ने कुरामाथि उनिहरूको विशेष जोड थियो । संस्थाका उदेश्यहरू माथि प्राथमिकताका आधारमा विभाजन गरेर उचित ब्यवस्थापनसंगै समस्या तथा विवादहरूलाई समाधान गर्ने उचित विकल्प निकालेर संस्था अघि बढ्नु पर्ने कुरामा पनि विशेष जोड थियो । संस्थालाई सहज र सरल तरिकाबाट अगाडि बढाउन धेरै महत्वपूर्ण जानकारीहरू गोष्ठीमा राखिएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षकद्वय राजेन थापा र राज श्रेष्ठद्वारा दिइएको आजको प्रशिक्षणले उपस्थित सबैमा धेरै जानकारी मिलेको कुरा बीओटी उपाध्यक्षद्वय पदम बिश्वकर्मा तथा पुरू सुवेदी र यसैगरी केन्द्रका महासचिव सर्वज्ञ वाग़्ले, कोषाध्यक्ष, कृष्ण गिरी लगायत च्याप्टरहरूको तर्फबाट हरिमाया अधिकारी, तिलक कार्की तथा दीप कार्कीले आभार ब्यक्त गरेका थिए ।
अनेसासको तर्फबाट संयोजकले स्रोत ब्यक्तित्वहरूको यस विशेष योगदानको कदर गर्दै स- सम्मान कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र समितिका सदस्य सचिव, ईश्वर बगालेद्वारा पढेर सुनाइएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम समापन गर्दै अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाले अनेसासको दिगो संस्थागत विकासका लागि यस्ता गोष्ठीहरूको निकै महत्वपूर्ण भूमिका रहने हुँदा आगामि दिनमा अन्य क्षेत्रीय समितिका प्रतिनिधिहरूलाई पनि यस किसिमको प्रशिक्षणको व्यबस्था गरिने बताउँदै सहभागि र संयोजनमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago