स्वरोजगार र शिक्षा प्राथमिकता : सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौ साधारण सभा

पाल्पा, १९ माघ । स्वरोजगार र शिक्षालाई प्राथमिकता मा राखेको सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा तानसेनमा सम्पन्न भएको छ ।
फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाइ र आवासको समेत सुविधा केन्द्रले प्रदान गर्दै आएको छ ।

साधारणसभा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नारायण आचार्यले अपाङगता भएकै कारण कोहीपनि व्यक्तिलाई विभेद गर्न नहुने बताउनुभयो । उहाले केन्द्रले उद्यमशीलकार्य गराउनेतर्फ फरक क्षमता भएका व्यक्तिलाइ शिक्षा र स्वरोजगार गराएकोमा स्थानीय सरकारको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गगता भएका व्यक्तिहरुलाई उद्यमीबनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको प्रतिबेदन मार्फत जानकारी दिनुभयो ।
संस्थाको छात्राबासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारिरिक, स्वोर बोलाई सम्बन्धी समस्या भएका व्यक्तिहरू बसोबास गर्दछन् । उनीहरूले अगरबत्ति, फिनेल, अम्रिसोको कुचो, चियापत्ति प्याकेजिङ्ग, ट्वाईलेट क्लिनर, कुलिन, झोला, सेनेटरि प्याड, माक्स बनाई बिक्रिगर्दै आफै स्वरोजगार बनेका छन ।

साधारणसभामा शुभकामना दिदै बक्ताहरुले अपाङ्गता भएकाव्यक्तिहरु शारिरिक तथा मानसिक रुपमा संगठित भएर योजनावद्ध कार्य गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको थियो । सभामा केन्द्रले सन्चालन गरेको स्वरोजगार अन्तर्गत तालिमामा सहभागीलाई प्रमाणपत्र दिइएको थियो ।

दोश्रो अधिवेशनले सन्दीप भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

उपाध्यक्षमा प्रेम बहादुर राना, सचिवमा सम्राट केसी, सहसचिवमा निर्मलापाण्डे, कोषाध्यक्षमा राधिका पोखरेल र सदस्यहरुमा सुन्दरी गौतम, शिवबहादुर पौडेल, लिलबहादुर ताम्राकार, जगत बदादुर बगाले रहेका छन ।
संस्थाको आर्थिक बर्ष ०७६/७७ मा ४३ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago