स्वरोजगार र शिक्षा प्राथमिकता : सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौ साधारण सभा

पाल्पा, १९ माघ । स्वरोजगार र शिक्षालाई प्राथमिकता मा राखेको सिर्जनशीलअपाङ्ग स्वाबलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा तानसेनमा सम्पन्न भएको छ ।
फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाइ र आवासको समेत सुविधा केन्द्रले प्रदान गर्दै आएको छ ।

साधारणसभा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नारायण आचार्यले अपाङगता भएकै कारण कोहीपनि व्यक्तिलाई विभेद गर्न नहुने बताउनुभयो । उहाले केन्द्रले उद्यमशीलकार्य गराउनेतर्फ फरक क्षमता भएका व्यक्तिलाइ शिक्षा र स्वरोजगार गराएकोमा स्थानीय सरकारको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गगता भएका व्यक्तिहरुलाई उद्यमीबनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको प्रतिबेदन मार्फत जानकारी दिनुभयो ।
संस्थाको छात्राबासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारिरिक, स्वोर बोलाई सम्बन्धी समस्या भएका व्यक्तिहरू बसोबास गर्दछन् । उनीहरूले अगरबत्ति, फिनेल, अम्रिसोको कुचो, चियापत्ति प्याकेजिङ्ग, ट्वाईलेट क्लिनर, कुलिन, झोला, सेनेटरि प्याड, माक्स बनाई बिक्रिगर्दै आफै स्वरोजगार बनेका छन ।

साधारणसभामा शुभकामना दिदै बक्ताहरुले अपाङ्गता भएकाव्यक्तिहरु शारिरिक तथा मानसिक रुपमा संगठित भएर योजनावद्ध कार्य गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको थियो । सभामा केन्द्रले सन्चालन गरेको स्वरोजगार अन्तर्गत तालिमामा सहभागीलाई प्रमाणपत्र दिइएको थियो ।

दोश्रो अधिवेशनले सन्दीप भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

उपाध्यक्षमा प्रेम बहादुर राना, सचिवमा सम्राट केसी, सहसचिवमा निर्मलापाण्डे, कोषाध्यक्षमा राधिका पोखरेल र सदस्यहरुमा सुन्दरी गौतम, शिवबहादुर पौडेल, लिलबहादुर ताम्राकार, जगत बदादुर बगाले रहेका छन ।
संस्थाको आर्थिक बर्ष ०७६/७७ मा ४३ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको आर्थिक प्रतिबेदन प्रस्तुत भएको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago