दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानिय उत्साहित

थम्मन थापा,  बागलुङ माघ १९ / नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्रिय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ ।
भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको समाजसेवी झबिन्द्र बुढाथोकीले बताउनु भयो । स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यबसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय माया श्रीसको भनाई छ ।
ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत झण्डै ५५ लाखको लागतमा विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरमा रहेको सब स्टेसन बाट ११ केभी प्रसारण लाइन मार्फत गाउँपालिकाको खौलारा बजार देखि ट्यापिङ गरेर ४ किलोमीटरको दूरीमा झुलेडाँडामा ५० केवी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको प्रमुख गोशलिले बताउनु भयो । विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ ।
आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतिय सामाग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर असीम पन्तले जानकारी दिनुभयो । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले बताउनु भयो । उहाँले भन्नुभयो यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने छ । केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास बडिगाड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम गलामीले बताउनु भयो । केन्द्रिय विद्युतको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले स्विच अन गरेर उदघाटन गर्नुभएको थियो । केन्द्रिय विद्युतलाई क्रमशः गाउँपालिका भित्रका सबै वडाहरू र जिल्लभर विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत उदघाटन कार्यक्रम रुपा छन्त्याल श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago