म्यानमारमा सैन्य “कु”, नेतृ आङ सान सुची पक्राउ

म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छिन् । सैन्य ‘कु’ पछि सेनाले उनलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । सुचीको प्रवक्ताले एक विज्ञप्तिमार्फत उनलाई सेनाले हिरासतमा लिएको जानकारी दिएका छन् ।

विगत केही समययता सरकार र सेनाबीच विवाद उत्पन्न भएको अवस्थाका बीच यो गिरफ्तारी भएको समाचारमा जनाइएको छ ।
नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत नोभेम्बर महिनामा भएको चुनावमा भारी जित हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दावी गर्दै आएको थियो ।

सेनाले सोमबार बोलाइएको संसद बैठक स्थगित गरिदिएको छ । समाचारमा जनाएअनुसार सुचीसँगै राष्ट्रपति बीन म्यिंट र अन्य शीर्ष नेताहरुलाई पनि हिरासतमा लिइएको छ । सुचीका प्रवक्ताले आफू पनि पक्राउ पर्ने खतरा उत्तिकै रहेको बताएका छन् ।

बीबीसीका अनुसार सैन्य कु पछि म्यानमारको राजधानीका साथै देशका मुख्य शहरमा बाक्लो संख्यामा सेना परिचालित भएका छन् । इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ ।

म्यानमारमा सन् २०११ सम्म पनि सैन्य शासन रहेको थियो । त्यतिबेला सुचीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् । बिबिसीको सहयोगमा ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago