म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छिन् । सैन्य ‘कु’ पछि सेनाले उनलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । सुचीको प्रवक्ताले एक विज्ञप्तिमार्फत उनलाई सेनाले हिरासतमा लिएको जानकारी दिएका छन् ।
विगत केही समययता सरकार र सेनाबीच विवाद उत्पन्न भएको अवस्थाका बीच यो गिरफ्तारी भएको समाचारमा जनाइएको छ ।
नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत नोभेम्बर महिनामा भएको चुनावमा भारी जित हासिल गरेको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको दावी गर्दै आएको थियो ।
सेनाले सोमबार बोलाइएको संसद बैठक स्थगित गरिदिएको छ । समाचारमा जनाएअनुसार सुचीसँगै राष्ट्रपति बीन म्यिंट र अन्य शीर्ष नेताहरुलाई पनि हिरासतमा लिइएको छ । सुचीका प्रवक्ताले आफू पनि पक्राउ पर्ने खतरा उत्तिकै रहेको बताएका छन् ।
बीबीसीका अनुसार सैन्य कु पछि म्यानमारको राजधानीका साथै देशका मुख्य शहरमा बाक्लो संख्यामा सेना परिचालित भएका छन् । इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ ।
म्यानमारमा सन् २०११ सम्म पनि सैन्य शासन रहेको थियो । त्यतिबेला सुचीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् । बिबिसीको सहयोगमा ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…