विदेशबाट फर्किएका बसेनन् क्वारेन्टाइनमा ।

किरण कौशल , पाल्पा, १८ चैत्र , कोरोना भाइरसको संक्रमणबाट जोगिन विदेशबाट घर फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णय भएपनि पाल्पा लागु भएको छैन । स्थानीय सरकारले विद्यालय र स्वास्थ्य संस्थाहरुमा ३ सय ४६ वेड क्वारेन्टाइन बनाएपनि त्यसको ११ प्रतिशत मात्र प्रयोग भएको छ ।

दुई नगरपालिका र ८ गाउँपालिकामा चैत्र २ देखि भारत सहित २२ देशबाट १२ सय ३१ नेपाली घर फर्किएका छन् । जसमध्ये ३९ जना अर्थात ३.२ प्रतिशत मात्रै क्वारेन्टाइनमा बसेको तथ्याङक छ । कोरोना भाइरसको संक्रमण भारत भन्दा अन्य देशबाट भित्रिएका नेपालीहरुमा देखापरेपनि क्वारेन्टाइनमा भने भारतबाट फर्किएका मात्रै बसेका छन् । ९ गते पछि फर्किएका एक हजार ८१ जना भारतबाट फर्किएका थिए । चैत्र २ देखि ८ गते भित्र जिल्लामा ५६ जना दुवई, २० जना कतार, २० जना मलेसिया, ११ जना क्म्बोडिया र ८ जना कुवेत सहित २१ देशबाट एक सय ५० जना तेस्रो मुलकबाट भित्रिएका छन् तर उनिहरु क्वारेन्टाइनमा बसेका छैनन् । उनिहरु सरकारी क्वारेन्टाइन नबसेपनि घरमै क्वारेन्टाइनमा बसे वा नबसेको भन्ने खुलेको छैन ।

विदेशबाट घर फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएपनि अटेरी गरेकाले उनिहरुबाट कोरोना भाइरसको संक्रमण बढ्ने खतरा रहेको छ । ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको ज्वरो क्लिनिक संचालन गरेर परिक्षण गरिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्रीहरुको अभावमा सबै स्वास्थ्य संस्थाबाट ज्वरो मापन तथा परामर्श सेवा प्रदान गर्ने कठिन भएको स्वास्थ्यकर्मीहरुले भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago