सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाकी एजेन्सी म्यानेजर रीता पाडेय एम.डि.आर.टि. मा छनोट ।

 पाल्पा। विश्वभरिका बीमा प्रोफेशनलहरुको साझा संस्था एमडिआरटी ( Mollion Dollar Round Table )मा सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाकी एजेन्सी म्यानेजर रीता पाडेय छनोट भएको पाल्पा शाखा प्रमुख विजय कार्कीले बताउनु भयो।
फाइल फोटो
आगामी सन् २०२१ को अगष्ट २९ देखि सेप्टेम्वर १ मा एसियाको सिंगापुर हुने भनिएको यस जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी (MDRT)मा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भई विश्व सम्मेलनमा सहभागी भएपछि उक्त व्यक्तिको कार्य क्षमता बृद्धि हुने छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभवी व्यक्तिहरुसँगको सहकार्यले बीमा व्यवसायमा थप योगदान गर्न समक्ष हुने विश्वास छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यस विषम परिस्थितिमा पनि सिटिजन लाइफ इन्स्योरेन्स पाल्पाको तर्फबाट MDRT हुन सफल एजेन्सी म्यानेजर रिता पाण्डेय भन्छिन : दृढ इच्छा शक्ति हुनु पर्छ जिबनमा असम्भव भन्ने कुरा केही छैन । अझ धेरै गर्नु छ, एक घर ,एक बिमा सोच सहित आफू बीमा सचेतनाको अभियानमा अगाडि बढेको उनले बाताइन ।
Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago