सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाकी एजेन्सी म्यानेजर रीता पाडेय एम.डि.आर.टि. मा छनोट ।

 पाल्पा। विश्वभरिका बीमा प्रोफेशनलहरुको साझा संस्था एमडिआरटी ( Mollion Dollar Round Table )मा सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाकी एजेन्सी म्यानेजर रीता पाडेय छनोट भएको पाल्पा शाखा प्रमुख विजय कार्कीले बताउनु भयो।
फाइल फोटो
आगामी सन् २०२१ को अगष्ट २९ देखि सेप्टेम्वर १ मा एसियाको सिंगापुर हुने भनिएको यस जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी (MDRT)मा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भई विश्व सम्मेलनमा सहभागी भएपछि उक्त व्यक्तिको कार्य क्षमता बृद्धि हुने छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभवी व्यक्तिहरुसँगको सहकार्यले बीमा व्यवसायमा थप योगदान गर्न समक्ष हुने विश्वास छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यस विषम परिस्थितिमा पनि सिटिजन लाइफ इन्स्योरेन्स पाल्पाको तर्फबाट MDRT हुन सफल एजेन्सी म्यानेजर रिता पाण्डेय भन्छिन : दृढ इच्छा शक्ति हुनु पर्छ जिबनमा असम्भव भन्ने कुरा केही छैन । अझ धेरै गर्नु छ, एक घर ,एक बिमा सोच सहित आफू बीमा सचेतनाको अभियानमा अगाडि बढेको उनले बाताइन ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago