नगरका सबै वडामा स्मार्ट पसल सन्चालन हुन्छ – नगर प्रमुख शाही

पाल्पा । तानसेन नगरपालिकाले नगरका सबै वडामा स्मार्ट पसल सन्चालन गर्ने भएको छ । आगन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा उद्घघाटन कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाहिले नगरका सबै वडामा स्मार्ट पसल सन्चालन गर्ने बताउनु भएको छ । सभाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख शाहिले नगरपालिकाले सहकारीको संख्या होइन गुणात्मक बिकास गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । सहकारी कर्मीलाई प्रशिक्षण र लगानीको सुरक्षणका निम्ति सरकारको ३ खम्बे अर्थनिती अवलम्बन गर्ने, एकीकृत सुचना प्रणाली अवलम्बन गर्ने, युवा स्वोरोजगार कार्यक्रम ३ करोड भन्दा धेरै लगानी, कृषिमा आधारित भएर अनुदान दिने, कृषि उपजको बितरणका लागी ब्यवस्थित र आधुनिक प्याकेज ल्याउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । सदस्यको क्षमता बिकासका निम्ति आगन सहकारी सफलताको सिडि बन्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

तानसेन नगरपालिका पाल्पाका सहकारी बिभाग प्रमुख दुर्गा बहादुर थापाले सदस्यको आर्थिक र सामाजिक अवस्था बिकास गर्न सकोस भन्दै शुभकामना दिनु भयो । थापाका अनुसार नगरपालिका भित्र ४९ वटा सहकारी रहेका छन । जसमध्ये १२ वटा बहुउद्देश्यीय सहकारी सन्चालनमा रहेका छन । नगरपालिका अन्तर्गतका ५ वटा सहकारी सक्रिय नरहेको हुँदा मर्जरको तयारीमा रहेको जानकारी दिनुभयो । जसमा २ वटा समस्याग्रस्त सहकारी दर्ता खारेजीको तयारीमा रहेको जानकारी दिनुभयो । अहिलेको समयमा सरकारको नीति अनुसार सन्दर्भ ब्याज दर १४.७५ कायम गर्न आगन सहकारीलाई सुझाब दिनुभयो । थापाले भन्नुभयो “नगरपालिकाले सहकारीको नीति अनुरुप सन्चालन भए नभएको अनुगमन गरेको, सहकारी सन्जाल गठन गरेर आफ्ना कार्यक्रम सन्चालन गरेका छौ ।”
सहकारी बिज्ञको रुपमा जिल्ला सहकारी संघका सचिब भुपती पान्डे, शेयर सदस्य को तर्फबाट पबित्र खनाल, कृश्न पाण्डे, सहकारीका जेस्ठ सदस्य टिकाराम बश्यालले भबिस्यको साहारा बन सकोस भन्दै आगन लाई भविष्यमा एउटा ब्राण्डको रुपमा लैजाने गरी काम गर्नुपर्ने शुभकामना ब्यक्त गरेका थिए ।
सहकारीले समृद्ध संस्था, समृद्ध सदस्य र समृद्ध समाज को नीति लियर सदस्य राहत कोषको ब्यवस्था गर्ने निति रहेको अध्यक्ष भिमलाल भट्टराईले प्रतिबेदन प्रस्तुत गर्नुभयो । सहकारीले सदस्यको क्षमता बिकासको लागि अध्ययन अवलोकन भ्रमण गराउने नीति लिएको छ । यस्तै शेयर सदस्यलाई उपचारमा नि:शुल्क उपचारको ब्यवस्थापनका गर्ने नीति लिएको छ ।
संस्थाले यो बर्षमा ३५ लाख ५३ हजार बरबारको आर्थिक कारोबार गरेको आर्थिक प्रतिबदेन कोषाध्यक्ष अम्बिका पाण्डे र लेखा समितिको प्रतिबेदन संस्थाका लेखा सुपरिवेक्षण समितीका सयोजक भबिन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आगामी बर्षका लागी १ करोड १५ लाख भन्दा धेरैको कारोबार गर्ने लक्ष्य लिएको छ । प्रथम बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बश्यालको स्वागत र सचिब मिलन बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago