नगरका सबै वडामा स्मार्ट पसल सन्चालन हुन्छ – नगर प्रमुख शाही

पाल्पा । तानसेन नगरपालिकाले नगरका सबै वडामा स्मार्ट पसल सन्चालन गर्ने भएको छ । आगन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा उद्घघाटन कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाहिले नगरका सबै वडामा स्मार्ट पसल सन्चालन गर्ने बताउनु भएको छ । सभाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख शाहिले नगरपालिकाले सहकारीको संख्या होइन गुणात्मक बिकास गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । सहकारी कर्मीलाई प्रशिक्षण र लगानीको सुरक्षणका निम्ति सरकारको ३ खम्बे अर्थनिती अवलम्बन गर्ने, एकीकृत सुचना प्रणाली अवलम्बन गर्ने, युवा स्वोरोजगार कार्यक्रम ३ करोड भन्दा धेरै लगानी, कृषिमा आधारित भएर अनुदान दिने, कृषि उपजको बितरणका लागी ब्यवस्थित र आधुनिक प्याकेज ल्याउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । सदस्यको क्षमता बिकासका निम्ति आगन सहकारी सफलताको सिडि बन्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

तानसेन नगरपालिका पाल्पाका सहकारी बिभाग प्रमुख दुर्गा बहादुर थापाले सदस्यको आर्थिक र सामाजिक अवस्था बिकास गर्न सकोस भन्दै शुभकामना दिनु भयो । थापाका अनुसार नगरपालिका भित्र ४९ वटा सहकारी रहेका छन । जसमध्ये १२ वटा बहुउद्देश्यीय सहकारी सन्चालनमा रहेका छन । नगरपालिका अन्तर्गतका ५ वटा सहकारी सक्रिय नरहेको हुँदा मर्जरको तयारीमा रहेको जानकारी दिनुभयो । जसमा २ वटा समस्याग्रस्त सहकारी दर्ता खारेजीको तयारीमा रहेको जानकारी दिनुभयो । अहिलेको समयमा सरकारको नीति अनुसार सन्दर्भ ब्याज दर १४.७५ कायम गर्न आगन सहकारीलाई सुझाब दिनुभयो । थापाले भन्नुभयो “नगरपालिकाले सहकारीको नीति अनुरुप सन्चालन भए नभएको अनुगमन गरेको, सहकारी सन्जाल गठन गरेर आफ्ना कार्यक्रम सन्चालन गरेका छौ ।”
सहकारी बिज्ञको रुपमा जिल्ला सहकारी संघका सचिब भुपती पान्डे, शेयर सदस्य को तर्फबाट पबित्र खनाल, कृश्न पाण्डे, सहकारीका जेस्ठ सदस्य टिकाराम बश्यालले भबिस्यको साहारा बन सकोस भन्दै आगन लाई भविष्यमा एउटा ब्राण्डको रुपमा लैजाने गरी काम गर्नुपर्ने शुभकामना ब्यक्त गरेका थिए ।
सहकारीले समृद्ध संस्था, समृद्ध सदस्य र समृद्ध समाज को नीति लियर सदस्य राहत कोषको ब्यवस्था गर्ने निति रहेको अध्यक्ष भिमलाल भट्टराईले प्रतिबेदन प्रस्तुत गर्नुभयो । सहकारीले सदस्यको क्षमता बिकासको लागि अध्ययन अवलोकन भ्रमण गराउने नीति लिएको छ । यस्तै शेयर सदस्यलाई उपचारमा नि:शुल्क उपचारको ब्यवस्थापनका गर्ने नीति लिएको छ ।
संस्थाले यो बर्षमा ३५ लाख ५३ हजार बरबारको आर्थिक कारोबार गरेको आर्थिक प्रतिबदेन कोषाध्यक्ष अम्बिका पाण्डे र लेखा समितिको प्रतिबेदन संस्थाका लेखा सुपरिवेक्षण समितीका सयोजक भबिन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आगामी बर्षका लागी १ करोड १५ लाख भन्दा धेरैको कारोबार गर्ने लक्ष्य लिएको छ । प्रथम बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बश्यालको स्वागत र सचिब मिलन बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago