अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी अनुगमनका लागिसेन्ट्रल मनिटरिङ सिस्टमसञ्चालनमाल्याएको विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो जसका कारण अब देशभरका भन्सारकार्यालयहरू कडा निगरानीमा पर्नेछन्

पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको सेन्ट्रल मनिटरिङ सिस्टमसञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न आवश्यकताअनुसारनिर्देशन दिन सक्ने विभागको दावी

विभागले सञ्चालनमा ल्यायो सेन्ट्रल मनिटरिङ सिस्टम

सामान जाँचपास थप पारदर्शी हुने

यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन भन्सार कार्यालयको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) कम्प्युटराइज प्रणालीबाटभन्सार कार्यालयको तथ्यांक राख्ने प्रणाली विकास गरिएको आशिकुडा वल्र्ड सिस्टममा सञ्चालित अनुगमन प्रणाली मुलुकका २४वटा भन्सार कार्यालयमा लागु भइसकेको

अनुगमनमा खटिने कर्मचारीले जाँचपासको क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्कालै कार्यालयका कर्मचारीलाई फोन गरीसोधपुछ गर्न सक्ने विभागले जनाएको

विभागका महानिर्देशक सुमन दाहालले भन्सार कार्यालयको निगरानी अनुगमनका लागि सेन्ट्रल मनिटरिङ सिस्टम एकदमै उपयोगी एवंफलदायी हुने अपेक्षा गरिएको बताए विश्व बजारमा देखिएका विभिन्न नवीनतम प्रविधिको प्रयोगबाट भन्सार कार्यालयलाई व्यवस्थितगर्ने यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधंै विभागको प्राथमिकतामा रहेको भन्दै उनले अहिले यस्तो प्रणाली सञ्चालनमाल्याएको बताए उनले विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्नसकिने बताए

पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन यस प्रणालीमार्फत गरिएको सेन्ट्रलमनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सारनाकाका गतिविधि सहजै हेर्न आवश्यकताअनुसार निर्देशन दिन सक्नेछ

काठमाडांैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका अन्य विमानस्थल एवं स्थलगत भन्सार नाकालाई थप व्यवस्थित पारदर्शी बनाउने अभियानमा केन्द्रित विभागले यसअघि गत साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडाप्रणाली (नेपाल कस्टम्स अटोमेडेड सिस्टम) अन्तर्गत विकास गरिएको मेनिफेस्ट मोड्युल सञ्चालनमा ल्याएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago