विभाजनको जिम्मा लिन दुवै पक्ष अनिच्छुक

काठमाडौँनेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा ओली पुष्पकमल दाहालमाधवकुमार नेपाल पक्षले दलविभाजनका लागि औपचारिक प्रक्रिया थालेका छैनन् दुवै पक्षले आआफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन्, तर कसैले पनिविभाजनको भारी बोक्न चाहेका छैनन्

दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दलको मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचनआयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको

ऐनको दफा ३३ () अनुसार दल विभाजनका लागि केन्द्रीय समिति संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशतसदस्यको साथ चाहिन्छ यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या ऐनले दफा४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरूपणको व्यवस्था गरेको

दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी, केन्द्रीय समितिवा केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद उत्पन्न भए त्यसमाथि आयोगले निर्णय लिन सक्छ नेकपामा यतिबेला नाम, छाप, झन्डा चिह्नजस्ता विषयकै विवाद दुई पक्षले अलगअलग ढंगले सार्वजनिक रूपमै त्यसमाथि दाबी गरिरहेका छन् तरआयोगमा ऐनको प्रक्रिया पुर्‍याएर कुनै पनि पक्षले दलको नाम, झन्डा, चिह्नलगायतका विषयलाई आधिकारिकता दाबी गरिसकेकाछैनन्

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमले ऐनको दफा ४३ ४४ अनुसार नेकपाको कुनै पनि पक्षबाटप्रक्रिया पूरा गरेर आधिकारिकताको दाबी नआएको बताएकुनै पनि पक्षबाट दाबी नआएकाले आयोगलाई विवाद निरूपणमा अगाडिबढ्नै समस्या भयो,’ उनले भने, ‘दुवै पक्षबाट भएका निर्णयहरू आयोगको जानकारीमा आएका छन् तर दलको मान्यतासम्बन्धी विवादकैरूपमा कागजात आएनन्

ऐनको दफा ४४ अनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीयसमितिका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्छ

आयोगका अनुसार कानुनी रूपमा फिरादपत्र जस्तै दाबी पेस गरिनुपर्छ ओली दाहालनेपाल पक्ष दुवैले एकअर्कालाई कारबाहीगरेको, केन्द्रीय समिति थपघट गरेको, विधान संशोधन गरेको जस्ता जानकारी आयोगलाई दिएका छन् पुस १० मा पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका नेताहरूले आयोगमा पुगेर आफूहरू आधिकारिक रहेको दाबी गरेका थिए

भाषणमा उहाँहरूले पार्टीको आधिकारिकतामाथि दाबीकै कुरा गर्नुभयो, उहाँहरूले केही कागजात पनि बुझाउनुभयो, त्यो दलमाथिकोदाबीसम्बन्धी नै होला भन्ने बुझियो,’ आयोगका एक पदाधिकारीले भने, ‘तर, पछि अध्ययन गर्दा पार्टी अध्यक्षबाट ओलीलाई हटाएको, माधव नेपाललाई अध्यक्ष बनाएको जस्ता जानकारी मात्रै थियो ऐनको दफा ४३ ४४ अनुसारको माग दाबी थिएन त्यसैले ठ्याक्कैविवाद निरूपण गर्ने ढंगले पस्नलाई समस्या भएको

दाहालनेपाल पक्षले सय ८७ जना केन्द्रीय समितिको हस्ताक्षर पनि आयोगलाई बुझाएका छन् तर त्यसमा आधिकारिकताकोमागदाबी छैनदुवै पक्षका निर्णयहरूको जानकारी नेताको भाषणलाई आधार बनाएर मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्नसकिँदैन,’ ती पदाधिकारीले भने, ‘माग दाबी नआएसम्म नेकपाको आधिकारिकतासम्बन्धी विवादले औपचारिक रूप लिँदैन

आयोग / दिनभित्रै दुवै पक्षलाई कुनै कुनै ढंगले पत्राचार गरेर दलको आधिकारिकतासम्बन्धी विषयको कानुनी पाटोबारे ध्यानाकर्षणगराउने छलफलमा दाहालनेपाल पक्षका कानुन व्यवसायी पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले आफूहरू पार्टीको संस्थापन पक्षरहेको तथा केन्द्रीय कमिटीको बहुमत पक्षको साथ रहेकाले स्वतः दलको आधिकारिकता आफूहरूसँग रहेको बताएजसलाई समस्या, उहाँहरूले दाबी गर्ने हो, आयोगबाट पत्राचार भए हामीले जवाफ दिने हो,’ उनले भने, ‘संस्थापन बहुमत पक्षले होइन, अल्पमतमहसुस गर्ने पक्ष आयोगमा दाबी गर्न पुग्ने हो

ओली पक्षको भनाइ पनि त्यस्तै प्रधानमन्त्रीका कानुन विज्ञ सल्लाहकार बाबुराम दाहालले पार्टी फुटिनसकेको एउटै रहेको दाबीगरेआयोगमा पुगेर दलको आधिकारिकतामाथिको दाबी गरिहाल्नुपर्छ जस्तो लाग्दैन, अरू कसैले दाबी गर्‍यो भने आयोगलेप्रतिवादको मौका देला,’ उनले भने, ‘त्यस्तो अवस्थामा आयोगलाई जवाफ दिनेछौं आयोगबाट कुनै प्रकारको पत्र आएको छैनहामीलाई पार्टी फुटाउनु छैन, फुटेको पनि छैन’(कान्तिपुरबाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago