काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारनौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।
सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एकलाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् ।
काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना रसूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।
सत्रको मृत्यु
यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…